तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपाललाई १३ पदक

काठमाडौं । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सात स्वर्ण, चार रजत र दुई कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् । पञ्जावको लुधियानामा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै पदक जितेका हुन् । नेपालका लागि ओमप्रकाश कोलीले ५० केजी तौल समूहमा, सोनी तामाङ महिला ५० केजी तौल समूहमा, प्राञ्जल बोहोरा पुरुष ३० केजी तौल समूहमा, फुर्साङ तामाङ महिला ४२ केजी तौल समूहमा, शीतल कोली महिला ४० केजी तौल समूहमा, सिर्जना बिसी महिला ४६ केजी तौल समूह र प्रयास खत्रीले पुरुष ५८ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ । त्यसैगरी तुफान खड्का, उत्सव पुरी, सुभास चौधरी र करण सिर्पालीले रजत पदक प्राप्त गर्नुभयो भने सिद्धार्थ साउद र समीर विकले कांस्य पदक हात पार्नुभयो । प्रतियोगितामा नेपालसहित कजाकस्तान, रसिया, अजरबैजान, ताजकिस्तान, जर्मनी, पाकिस्तान, बंगलादेश, तुर्कमेनिस्तान, अफगानिस्तान, भारत, न्युजिल्याण्ड, किर्गिस्तानलगायतका देशले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रशिक्षक एवं पूर्व नेपाली राष्ट्रिय खेलाडी निकेश श्रेष्ठले जानकारी दिनुभयो । नेपाली टोलीमा पदम ठकुल्ला र विजयकुमार सोनी प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै निश्चल केसी र सुमित सोनीले निर्णायकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । टोली व्यवस्थापकमा आलिक राई हुनुहुन्थ्यो भने टिम लिडर जोन तामाङ रहनुभएको थियो । प्रतियोगितामा प्राप्त यस उपलब्धिले नेपालमा अराशी एमएमए खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुनुअघि नेपाल अराशी एमएमए संघले कम्ब्याट फिटनेसमा एक कार्यक्रम आयोजना गरी नेपाली खेलाडी तथा टोलीका सदस्यहरूलाई बिदाइ गरेको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रदर्शनीमा राख्ने तयारी
काठमाडौँ, कात्तिक ११ गते । अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्याङ । झट्ट हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय... ...

नेपाली मौलिक कथालाई पर्दामा उतार्न सरकारको साढे तीन करोड
काठमाडौं । नेपाल सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व र सामाजिक चेतना झल्काउने मौलिक तथा यथार्थपरक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र क्षेत्रको सिर्जनात्मक विकास र मौलिक कथावस्तुमा आधारित चलचित्र निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अनुदानका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले मंगलबार ...

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। हिजो यी सबैजसो मुद्रा महँगिएका थिए। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा छ। हिजो अमेरिकी डलर १ को ... ...

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
भोजपुर ।गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा... ...


