तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ : सगरमाथा क्लब २४ स्वर्णसहित पहिलो दिनमै शीर्ष स्थानमा

नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ । नेपाल पौडी सघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको पहिलो दिन ४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो अग्रता लिएको छ । प्रतियोगितामा ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं दुई दुई स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता र लखनउ भारतको गल्स कलेज र शिखा एकेडेमीका चौथो स्थानमा अग्रता लिएको खड्काले बताए । अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने छन । खेलाडीहरुका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक , ब्याकस्ट्रोक , बटरफ्लाइ , रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । आइतबार थप ४० इभेन्ट रहेका छन् । प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरु सहभागी भएका छन् । स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगन्जका स्वीमिङ खेलप्रेमी उद्योगी, ब्यवसायी, डाक्टर, इन्जिनियर, कानुन ब्यवसायी, चार्टर एकाउन्टेड , सञ्चारकर्मी लगायत नागरिक समाजका अगुवाहरुको पहलमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो । यस अघि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ । पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि ...

थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किए ऊर्जामन्त्री श्रेष्ठ
१४ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन–ईएससीएपी) द्वारा आयोजित ‘दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा सहभागी हुन उहाँ मङ्गलबार बैंकक गएका थिए । सम्मेलनमा मन्त्री… ...

सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको छ । मैदान सुकाउन समय लागेका कारण खेल ५-५ ओभरको खेल हुने छ । ...

अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
१४ कात्तिक, मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो । यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।… ...


