Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

10/25/2026, 9:24:49 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्ताराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन्। बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोर्टस् हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रूस, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो। वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन्। वैभवीलाई बैङ्ककस्थित अल स्टार तेक्वान्दो एकेडमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन्। वैभवीलाई हालै मात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ
OthersJust now

जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ

८ कात्तिक, काठमाडौ् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र फेमस स्टिल एन्ड होम अप्लायन्सबीच प्रायोजन सम्झौता भएको छ। फेमस स्टिल लगातार दोस्रो सिजन जनकपुरसँग जोडिएको हो। आइतबार आयोजित कार्यक्रममा जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा र फेमस स्टिल एन्ड होम अप्लायन्सका प्रबन्ध निर्देशक शाहिद अख्तरले सम्झौतामा हस्ताक्षर गरे। यस… ...

अनलाइन खबर
हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता
OthersJust now

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्। आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ सेकेन्ड र सलमानले ३८ मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरे। महिलातर्फ जेनिशा राई ५४ मिनेट २३ सेकेन्डमा दूरी… ...

अनलाइन खबर
पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि
OthersJust now

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो भयो । फाइनलको पहिलो दिन शनिबार शीर्षस्थानमा रहेको होराले आइतबार केही खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि भने जित्न सकेन । फाइनलको पहिलो दिन होरा ईस्पोर्ट्सले ६ खेलमा एक चिकेन डिनरसहित ५७… ...

अनलाइन खबर
बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
OthersJust now

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play