Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने
Photo / Coverage: नेपालन्युज

चितवन। नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताएका छन्। तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो। ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ। त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताएका छन्। गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनःअघि बढाउन लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए। शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ। शर्माले भन्नुभयो, “सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ। प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ। अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो।” उनले पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भोलिसम्म काम सकिने र पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जानकारी दिनुभयो। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइने उनले बताए। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा
Latest NewsJust now

षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ईनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित विषयबारे प्रधानमन्त्रीसँग वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न उठाउँदै उनले कांग्रेस सभापति गगन थापालगायत... ...

रातोपाटी
हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख
Latest NewsJust now

हुम्लामा स्याउ बिक्रीबाट किसानले कमाए ८ करोड २६ लाख

हुम्ला। हुम्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले आठ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्। कृषि विकास कार्यालय हुम्लाका अनुसार यो वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए। गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ...

नेपालन्युज
कर्णालीका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य परियोजना सञ्चालन हुने
Latest NewsJust now

कर्णालीका १० वटै जिल्लामा निःशुल्क आँखा तथा कान स्वास्थ्य परियोजना सञ्चालन हुने

आँखा तथा कान उपचार सेवा उपलब्ध गराउन नेपाल नेत्रज्योति संघले ‘सम्भव जीवन’ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ। ...

हाम्राकुरा
भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्‌घाटन
Latest NewsJust now

भारतको सहयोगमा मुस्ताङमा निर्मित छात्रावास भवन उद्‌घाटन

भारतको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका-२ मा निर्मित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।  काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा शुक्रबार भवन उद्घाटन गरेका हुन्।  दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवनको निर्माण उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement