Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

मेची। मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ९.५ किलोमिटर सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै भौतिक प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको इलाम सडक डिभिजनले ठेक्का सम्झौता तोडेको जनाएको छ। इलाम सडक डिभिजनले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यस्तै, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ। ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने सडक डिभिजनले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी
ताजा खबरJust now

अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी

ब्रासिलिया, कात्तिक १२ गते । ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । उहाँले ब्राजिलको चुनावमा धाँधली भएको... ...

गोरखापत्र
मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘अल टाइम बालोन डी ओर’
ताजा खबरJust now

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते ‘अल टाइम बालोन डी ओर’

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीलाई पछि पार्दै पहिलो संस्करणको ‘बालोन डी ओर अफ अल टाइम’ (बोट) अवार्ड जितेका छन्। म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा रोनाल्डोले गरेको प्रदर्शनलाई प्रतिष्ठापूर्ण... ...

रातोपाटी
अमेरिका पुगेपछि बोल्सोनारोद्वारा आफू राष्ट्रपतिमा निर्वाचित भएको दाबी
ताजा खबरJust now

अमेरिका पुगेपछि बोल्सोनारोद्वारा आफू राष्ट्रपतिमा निर्वाचित भएको दाबी

ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् । उनले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने बताए। यसअघि वर्तमान राष्ट्रपति... ...

रातोपाटी
कोरीमा लेक लागेका पर्यटकको हेलिमार्फत उद्धार
ताजा खबरJust now

कोरीमा लेक लागेका पर्यटकको हेलिमार्फत उद्धार

लेखनाथ समाचारदातालेखनाथ, कात्तिक १२ गते । कास्कीको मादी गाउँपालिक–१, कोरी पुग्दा लेक लागेपछि एक पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । रुपन्देहीकी २५ वर्षीय रश्मि पुनलाई बिहीबार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play