काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नव नियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नेमा नेपालका लागि भारतका नव नियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहेका छन्। भारतका राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन्। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। नव नियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रसिलासहितको बग्गीमा सवारी गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
तीन राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश

Read Complete Original Article
Published originally on नेपालन्युज






