तीन महिनामा नेपाल भित्रियो १ करोड ५७ लाखभन्दा बढी कण्डम

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ। भन्सार विभागको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार साउनदेखि असोजसम्म ८ करोड रुपैयाँभन्दा बढी मूल्यको कण्डम नेपाल भित्रिएको हो। विभागको विवरणअनुसार उक्त अवधिमा कुल १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम आयात भएको छ। यसको कुल मूल्य ८ करोड ५ लाख ७९ हजार रुपैयाँ रहेको छ। यति ठूलो परिमाणमा कण्डम आयात हुँदा राज्यले भने दुई हजार रुपैयाँ मात्र राजस्व प्राप्त गरेको तथ्यांकमा उल्लेख छ। सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीअन्तर्गत राखेर भन्सार महसुलमा छुटको व्यवस्था गरेकाले राजस्व संकलन न्यून भएको हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रस्तावित राजदूत थापाको विवरण जापानले दिएन, निर्णयको तयारीमा सुनुवाइ समिति
जिग्यानकुमार थापाले जापानको स्थायी आवासीय अनुमतिपत्र त्यागेको/नत्यागेको र त्यहाँको सरकारी कोषबाट रकम लिए/नलिएको लगायत विवरण नआएपछि बैठक बसेर सिफारिसबारे निर्णय गर्ने संसदीय सुनुवाइ समितिको तयारी ...

बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त भएको उक्त पदमा श्रेष्ठलाई पठाइएको हो... ...

रुसमाथि दबाब बढाउन इयूको आग्रह
काठमाडौँ । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि... ...

१५ वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै
तनहुँ । पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास नगरपालिका-३ स्थित बिपी वनवाटिकामा वडास्तरीय फुटबल... ...


