काठमाडौं। नेपालमा हाल माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसममा सामान्य परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। बिहीबार राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। यस अवधिमा गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, शुक्रबार बिहानपख तराईका भूभाग, उपत्यका र खोँचहरूमा थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
तीन प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालन्युज






