Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा। बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन् । तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न विशेष अनुरोध गरेको छ । भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ । अकस्मात बाढी आउनसक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ । भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ । चक्रवातबाट सम्भावित क्षति न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ । ‘चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ’, बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, ‘स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा
ताजा खबरJust now

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

केन्द्रीय निर्वाचन समितिका अनुसार नेतान्याहु समर्थक समूहले ५३ सिट जिते पनि नयाँ नेसेटमा बहुमतका लागि आवश्यक संख्या पुगेन। ...

कान्तिपुर
काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै
ताजा खबरJust now

काठमाडौँमा विद्युत् लाइन भूमिगत गर्न ८ दिन बिजुली कटौती हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको कामलाई तीव्रता दिएको छ । भूमिगत विद्युत लाइन विस्तारका क्रममा कामलाई सुरक्षित र सहज बनाउन प्राधिकरणले कात्तिक... ...

रातोपाटी
आठ हजार मिटर अग्ला नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यताका लागि पहल
ताजा खबरJust now

आठ हजार मिटर अग्ला नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यताका लागि पहल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ले  आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको बताएका छन्।  नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को साधारणसभामा मन्त्री पौडेलले यसबारे प्रस्ताव अघि सारेका ... ...

नेपालखबर
डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय
ताजा खबरJust now

डा केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामाः शिक्षा मन्त्रालय

काठमाडौँ, कात्तिक १३ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ ।उक्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play