तीन जिल्लाबाट हतियार बरामद

काठमाडौँ। सुनसरी, दाङ र रोल्पाका सामुदायिक वनबाट प्रहरीले तीन थान हतियार बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनबाट शनिबार दिउँसो एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक थान गोली बरामद भएको हो। त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–१९, नयाँबस्तीस्थित कालिका सामुदायिक वनबाट शनिबार साँझ एउटा भरुवा बन्दुक बरामद भएको छ। प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले बन्दुक फेला पारेको हो। रोल्पाको रुन्टीगढी गाउँपालिका–४ स्थित मैचन्ने सामुदायिक वनबाट पनि आइतबार बिहान एउटा भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले बन्दुक फेला पारेको प्रहरीले जनाएको छ। बरामद हतियारका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

रुससँगको सम्झौताअनुसार अमेरिकी बजारमा डिजेल पुग्न १५–२० दिन लाग्ने
काठमाडौँ । रुस र अमेरिकाबिच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताएका छन् । यद्यपि, सम्झौतामा हस्ताक्षर हुने... ...

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह
वीरगंज । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण संकलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण यकिन गरी अभिलेख प्रमाणीकरण गर्ने उद्देश्यले गाउँपालिकाले सूचना जारी गरी त्यसका लागि सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आवश्यक कागजातसहित सम्बन्धित वडा […] ...

जुम्लामा मार्सीधान काट्ने चटारो
जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताए । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ । पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि ...

बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
काठमाडौं। मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा सवार तीन अज्ञात व्यक्तिले अभिनेता श्राफलाई लक्षित गरी गोली चलाएका हुन्। घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले आक्रमणमा संलग्न फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। ...


