तीन जिल्लाका ५७ परिवारले पाए जग्गाधनी पुर्जा

काठमाडौं। चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित स्थानीय तहहरूमा उक्त पुर्जा वितरण गरिएको हो। चितवनको इच्छाकामना गाउँपालिका-७ मा ३२ भूमिहीन सुकुम्बासी र एक भूमिहीन दलित परिवारले लालपुर्जा पाएका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका-११ का सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका-८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा प्रदान गरिएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका गरी कुल ५७ परिवारले जग्गाको स्वामित्व पाएका हुन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

आरुघाटमा बेलीब्रिज जडान गरिँदै
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही... ...

भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ । इलाका प्रहरी... ...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने
धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका... ...

बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै
रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज... ...


