Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

तिहार: गोवर्धन, बली, गोरु र हलि पूजा आज मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार: गोवर्धन, बली, गोरु र हलि पूजा आज मनाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको आज गोवर्धन पर्वत, बली, गोरु र बलिको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रमा उल्लेख छ । बली, हलि एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ । The post तिहार: गोवर्धन, बली, गोरु र हलि पूजा आज मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप
Latest NewsJust now

वीरगञ्ज महानगरमा भुक्तानीको बेथिति: हाकिम निवासमै आर्थिक चलखेलको आरोप, विवादपछि बोहरा टाप

वीरगञ्ज महानगरपालिकाको विकास निर्माण तथा विभिन्न सामग्री आपूर्ति गरेका ठेकेदार र व्यवसायीहरू लामो समयदेखि भुक्तानी नपाउँदा आर्थिक संकट ...

हाम्राकुरा
धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट
Latest NewsJust now

धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट

अमरराज नहर्कीतनहुँ, कात्तिक २४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ ।सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको ख... ...

गोरखापत्र
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष
Latest NewsJust now

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

वासिङ्टन । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको ...

केन्द्रबिन्दु
कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह
Latest NewsJust now

कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग मन्त्री खनालको आग्रह

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play