Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

तिहारमा मूल्य बढेपनि व्यवसायीले बेचे ३० किलो सुन

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा मूल्य बढेपनि व्यवसायीले बेचे ३० किलो सुन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सुनको मूल्य उच्च बिन्दुमा पुगे पनि यस वर्षको तिहारमा सुन किन्ने ग्राहकको उत्साहमा कमी आएन । मूल्यवृद्धिका कारण कारोबार घट्ने अनुमान गरिरहेका सुनचाँदी व्यवसायीले तिहारमा अपेक्षाभन्दा बढी ३० किलो सुन बिक्री गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्ष धनतेरस र त्यसपछिका दुई दिनमा मात्रै करिब ३० किलो सुन बिक्री भएको हो । सुनको मूल्य बढिरहेको अवस्थामा पनि ग्राहकको आकर्षण कायम रहनुले बजारमा अपेक्षाभन्दा राम्रो कारोबार भएको व्यवसायीले बताएका छन् । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व धनतेरसमा सुनचाँदी तथा धातुका सामग्री खरिद गर्ने धार्मिक परम्परा छ। धनतेरसका दिन सुनचाँदी खरिद गर्दा घरमा सुख, समृद्धि र धनधान्य वृद्धि हुने धार्मिक विश्वासका कारण यस अवसरमा सुनचाँदी बजारमा ग्राहकको चहलपहल बढ्ने गर्छ । यस वर्ष पनि धनतेरसको अघिल्लो दिनदेखि नै सुन पसलमा ग्राहकको भीड लागेको थियो । धनतेरसको दिन सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँमा झरेको थियो । त्यसको अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु
Latest NewsJust now

रुखबाट लडेर ६० वर्षीय लिम्बुको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् । आज... ...

रातोपाटी
जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट
Latest NewsJust now

जनकपुर बोल्ट्सको ब्याटिङ ध्वस्त, २३ रनमै गुमायो चार विकेट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी २५औँ खेलमा जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले ७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २३ रन मात्रै बनाएको छ । जनकपुरका ब्याटरहरू लगातार आउट हुँदा टोली दबाबमा परेको छ । पछिल्लो पाँच ओभरमा टोलीले १५ रन जोड्दा तीन ...

केन्द्रबिन्दु
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड
Latest NewsJust now

नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय जलवायु वित्तको ठूलो हिस्सा ऋणका रूपमा रहेको भन्दै सरोकारवालाले त्यसलाई अनुदानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।  कोप–३१ अन्तर्गत नेपाल पेभेलियनमा शुक्रबार आयोजित ‘नेपालमा जलवायु वित्तको पहुँच, गुणस्तर र समता’ विषयक छलफलमा सहभागी वक्ताले जलवायु परिवर्... ...

नेपालखबर
जनकपुरले गुमायो चाैथाे विकेट
Latest NewsJust now

जनकपुरले गुमायो चाैथाे विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनाेजसँगकाे खेलमा जनकपुर बाेल्ट्सले चाैथाे विकेट गुमाएकाे छ। शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले ५ ओभरकाे समाप्तिमा खेलमा ४ विकेट गुमाएकाे हाे।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play