Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तिहारमा मिठाई र झिलिमिली बत्तीको व्यापार बढ्यो, बजारमा ग्राहकको भीड

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा मिठाई र झिलिमिली बत्तीको व्यापार बढ्यो, बजारमा ग्राहकको भीड
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २२ । तिहार सुरु भएसँगै बजारमा मिठाई, पूजाका सामग्री र झिलिमिली बत्तीको व्यापार बढेको छ । चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड लागेपछि बजारमा चहलपहल बढेको हो । सुनसरीको धरानस्थित भानुचोक, घण्टाघर, सब्जीमण्डी र पुरानो बजार क्षेत्रमा बिहानदेखि साँझसम्म तिहारका सामग्री किन्ने र बेच्नेको घुइँचो लाग्ने गरेको छ । सडकपेटीमा अस्थायी पसल सञ्चालन गरेका साना व्यापारीसमेत व्यापारमा व्यस्त छन् । धरानका व्यापारी नकुल दासले किसमिस, नरिवल, मिठाई र झिलिमिली बत्ती बिक्री गरेर दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको बताउनुभयो । बिहान र साँझ ग्राहकको चाप बढी हुने उहाँको भनाइ छ । पछिल्लो समय परम्परागत दियोभन्दा आधुनिक झिलिमिली बत्तीको माग बढेको व्यापारीहरू बताउँछन् । तिहारलाई लक्षित गरी केही महिनाअघिदेखि नै बत्तीको व्यवस्था गर्ने गरिएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहारले साना व्यापारीलाई आम्दानीको अवसर दिएको बताउनुभयो । उहाँले सडकपेटीमा पसल सञ्चालन गर्दा भीड र आवागमन व्यवस्थापन चुनौती बनेको उल्लेख गर्दै बजारलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनसँग समन्वय भइरहेको जानकारी दिनुभयो । तिहारमा फूलमाला, मिठाई, माटाका पाला र झिलिमिली बत्तीको माग बढेसँगै स्थानीय बजारको आर्थिक गतिविधि पनि चलायमान बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
Economy & BusinessJust now

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ। सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चि… ...

आर्थिक न्यूज
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
Economy & BusinessJust now

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ- सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा ...

आजको अर्थ
नेपाली रुपैयाँसँग विदेशी मुद्राको मूल्य कति छ आज ?
Economy & BusinessJust now

नेपाली रुपैयाँसँग विदेशी मुद्राको मूल्य कति छ आज ?

काठमाडौँ /नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा ...

अर्थडबली
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
Economy & BusinessJust now

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

काठमाडौं । हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहारको विशेष दिनका रूपमा रहेको आजको रात घरलाई सफा–सुग्घर गरी दीप प्रज्वलन, झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले उज्यालो बनाइन्छ । धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना … ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play