Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार
Photo / Coverage: नेपालन्युज

काठमाडौं।यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह जस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ। तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सह प्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए। आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ। नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शुक्रबारदेखि सुरु भएको हो। यमपञ्चकको पहिलो दिन शुक्रबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो। त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ। दोस्रो दिन शनिबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ। आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो। तिहारको तेस्रो दिन आज बिहान उठेर नजिकको नदी, ताल, तलाउ, पोखरी, वा धारामा गई स्नान गरिएको थियो। यसलाई नरक चतुर्दशी स्नान भनिन्छ। स्नानपछि बत्ती बालेर दक्षिण फर्काइ बगाइएको थियो। यसलाई नरक बगाउने पनि भनिन्छ। बिहान नित्य कर्म सकेपछि कुकुरलाई पूजा गरी मीठा खानेकुरा खान दिइएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ। चौथो दिन कात्तिक २३ गते सोमबार गाई पूजा गरिँदैछ। पाँचौं दिन कात्तिक २४ गते मङ्गलबार गोवर्द्धन पूजा, हलितिहार, बलीपूजा, गोरुपूजा पर्व परेको छ। नियमित तिथि गणना गर्दा पाँचौँ परे पनि दिन अनुसार छैटौं कात्तिक २५ गते बुधबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ। भाइटीकाको साइत कात्तिक २५ गते बुधबार ११ः०७ बजे उत्तम रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार

काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ । काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको ...

केन्द्रबिन्दु
बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
Latest NewsJust now

बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

बझाङ । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो... ...

रातोपाटी
लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी
Latest NewsJust now

लक्ष्मीपूजामा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने जनाएको छ । प्राधिकरणले उक्त दिन करिब एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले विद्युत् उत्पादन र आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध छ । पछिल्लो समय भएको वर्षाका […] ...

लोकपथ
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा । जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ । अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play