काठमाडौं । यमपञ्चक अन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका बिभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच भएको छ । लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ । काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ । यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको कारोवार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । सयपत्री फूलका साथै भाइटीकामा प्रयोग हुने मखमली फूलको व्यापार समेत बढेको छ । हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानीत लगानी रु ११ अर्व ५० करोड भन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




![बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/balen-wife-sabina-83-7-22%20(8).jpg)
