Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

भरतपुरमा डिडिसीको बिक्री कक्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
भरतपुरमा डिडिसीको बिक्री कक्ष
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान ९डिडिसी० को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गरेका छन् । बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ । दूध, दही, घीउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताए । नागरिकको सुविधा र गुणस्तरका लागि बिक्री कक्ष सुरु गरेको उउनले बताए । संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको एक सार्वजनिक संस्थान हो । यसले ग्रामीण क्षेत्रका किसानहरूबाट दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य उत्पादनहरू तयार पार्छ र सहरी क्षेत्रका उपभोक्ताहरूलाई आपूर्ति गर्दछ । संस्थानका महाप्रबन्धक पाण्डेले चितवनका विभिन्न क्षेत्रमा गरी संस्थानको मात्र उत्पादन बिक्री गर्ने १० वटा बिक्री कक्ष तीन महिना भित्रमा सञ्चालनमा ल्याउने बताए । जिल्लाको भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा कक्ष सञ्चालनमा ल्याइने उहाँले जानकारी दिए । डिडिसीको उत्पादन मात्र बिक्री हुने कक्ष देशभरमा हालसम्म ३५ छन् । हाल काठमाडौँको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा संस्थाको दुग्ध प्रशोधन उद्योग छ । निकट भविष्यमा पोखरामा उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । हाल संस्थानले दैनिक ३५ हजार लिटर दूध सङ्कलन गरी प्रशोधन गरेर बजार पठाउने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा।जिल्ला अदालत पर्साले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास, भौतिक पूर्वाधारमा सुधार गरी विभिन्न सुधारका काम अघि बढाइएको छ। अदालतले न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था र सेवाग्राही महिलाको ...

नेपालन्युज
चाडपर्वमा काठमाडौँको फोहोर नउठ्नुको कारण : कर्मचारीको बिदा कि स्थानीयको दबाब ?
Latest NewsJust now

चाडपर्वमा काठमाडौँको फोहोर नउठ्नुको कारण : कर्मचारीको बिदा कि स्थानीयको दबाब ?

काठमाडौंँ । ठुला चाडपर्वहरू; दसैँ र तिहारको समयमा काठमाडौँ उपत्यकामा अत्यधिक मात्रामा फोहोर जम्मा हुन्छ । तर जतिबेला सहरलाई सरसफाइको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यही बेला फोहोर व्यवस्थापनको काम ठप्पजस्तै हुने... ...

रातोपाटी
बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]
Latest NewsJust now

बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]

प्रधानमन्त्री वालेन्द्र साह बालेनकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहारको अवसरमा काठमाडौँको नक्सालस्थित नारायणचौरमा ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play