तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु, कैयौँ घाइते

CCTV via Reuters तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक रूपमा ५४ जना घाइते भेटिएका उक्त क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।अधिकारीहरूले सङ्कटकाल घोषणा गरेका छन्। सन् १९५० को दशकमा चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँको सूचना प्रवाहमा कडा नियन्त्रण छ। त्यसैकारण सरकारी सञ्चारमाध्यमहरू नै प्रायः सूचनाको एक मात्र स्रोत हुने गरेका छन्। शक्तिशाली भूकम्पमा परेर तिब्बतमा कैयौँको मृत्यु, शिगात्सेमा रहेका नेपालीहरू 'सुरक्षित' चीनमा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको धक्का नेपालका विभिन्न भागमा स्थानीय आपत्कालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार बिहीवार राति नाग्चु क्षेत्रको बाकेन काउन्टी भूकम्पको केन्द्रविन्दु बनेको थियो।यो काउन्टी तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर पूर्वोत्तरमा पर्छ।भूकम्पका कारण ३०० भन्दा बढी घरहरू भत्किएका छन्। अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ। नेपाल-चीन सीमामा किन दोहोरिरहन्छन् विनाशकारी बाढीपहिरोभारत र चीनलाई जलवायु खतराविरुद्ध एकठाउँ ल्याउने नेपालको 'असहज' चाहना उद्धार टोलीले भग्नावशेष खोतल्दैचीनको सरकारी टेलिभिजन सीसीटीभी ले सार्वजनिक गरेका भिडियोहरूमा उद्धारकर्मीहरू रातभरि भग्नावशेष भित्र जीवित व्यक्तिहरूको खोजी गरिरहेको देखिएको छ।प्रभावित क्षेत्रहरू उच्च पहाडी तथा दुर्गममा रहेका कारण केही स्थानमा पुग्न मुश्किल भइरहेको बताइएको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...


