तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

काठमाडौं । रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनर्निर्माण तथा नाका पुनः सञ्चालनका विषयमा छलफल भएको उनले जानकारी दिए। अन्य व्यापारिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा पनि बैठकमा छलफल भएको थियो। गत भदौ १० गतेको बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न खुला गरिएको थियो। तर, नाका अझै नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। ‘चीनसँगका नाकाहरू खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित समन्वय भइरहेको छ,’ प्रवक्ता क्षेत्रीले भने। यसैबीच, दक्षिणपूर्वी एसियाली मुलुकहरूमा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) गतिविधिमा फसेका नेपाली नागरिकको उद्धारका लागि पनि सरकारले आवश्यक पहल र समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ। – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

चैतयता १२० वटा फर्म तथा कम्पनी सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप ती फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मातहत रहेको अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्... ...

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन
रोम। शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौं विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्। सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन्। विद्यार्थीहरूले केही सातादेखि विद्यालय कब्जा गर्ने र पाल टाँगेर शिविर स्थापना गरी विरोध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री जर्जिया मेलोनी सरकारको पुनःशस्त्रीकरण नीति, शिक्षामा बजेट कटौती र बढ्दो महँगीको विरोध ...
चैतदेखि यता १२० निर्माण व्यवसायी र कम्पनी कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेहि र विश्वसनीय बनाउने सरकारको नीतिअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री... ...

अर्नब चक्रवातको प्रभाव : उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित (तस्बिरहरू)
काठमाडौँ। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौँ उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । शुक्रबार... ...


