तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक । यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।
नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको बताए।

“चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्, अस्थायी रुपमा तीन दिनमात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव छैन, त्यसैले नियमित रुपमा सञ्चालन आवश्यक छ,” उनले भने ।

महासचिव पराजुलीका अनुसार संघले चीन सरकार र नेपालस्थित चिनियाँ दूताबासलाई ध्यानाकर्षण पत्र बुझाएर नाका निरन्तर सञ्चालनको माग गरिसकेको छ । उनका अनुसार चाडपर्व लक्षित सामान बोकेका कन्टेनरहरू सीमामा रोकिएको छन्, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन् । अन्य नाकाहरु सञ्चालन नभईरहेको अवस्थामा दुई देशबीचको व्यापारलाई सहज बनाउन तातोपानी नाका पूर्ण रुपमा सञ्चालन हुन जरुरी भएको उनको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार नाकाबाट आइतबार तीन वटा मालवाहक कन्टेनर भित्रिएका थिए भने आज साँझसम्म सात वटामात्रै कन्टेनर आएका छन् । उनले भने, “कार्गो ट्रकका लागि मात्रै चीनले अनुमति दिएका कारण साना कन्टेनरहरु आउन सकेका छैनन् ।” भित्रिएका कन्टेनरहरुमा फलफूल, जुत्ता, तयारी पोशाक र कृषिजन्य सामग्रीहरु रहेको उनले जानकारी दिए ।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड
सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ । ...

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा ...

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा
सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप ...

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्रामा रहेको अवस्थामा बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । घाइते खातुनलाई उपचारका लागि अस्पताल ...