तातोपानी नाका तीन दिनका लागि खुल्ने

काठमाडौं, असाेज ३१ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।दशैँ, तिहारमा नेपाली बजारमा उपभोग्य वस्तुको आपूर्ति सहज र व्यवस्थित बनाउन नेपाल सरकारले गरेको विशेष आग्रहपछि चिनियाँ पक्ष नाका खोल्न सहमत भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले चिनियाँ पक्षसँग छलफल तथा समन्वय गरेपछि नाका तीन दिनका लागि सञ्चालनमा ल्याउने सहमति जुटेको हो। निर्धारित कार्यक्रमअनुसार तातोपानी नाका अक्टोबर १८ देखि २० सम्म सञ्चालनमा रहनेछ। उक्त अवधिमा चिनियाँ भूमिमा रोकिएका तथा भन्सार प्रक्रिया पूरा भएका कार्गो ट्रक र मालवाहक सवारीसाधनलाई मात्र आवतजावत गर्न अनुमति दिइने जनाइएको छ। चिनियाँ सामान बोकेका कन्टेनर नाकामै रोकिँदा व्यापारीहरू प्रभावित भएका थिए। त्यसैगरी, चाडपर्वका समयमा बजारमा उपभोग्य वस्तुको अभाव हुन सक्ने जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नाका अस्थायी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो। नाका सञ्चालनमा आएसँगै दशैँ, तिहारलाई लक्षित गरी आयात गरिएका कपडा, फलफूल तथा अन्य उपभोग्य सामग्री नेपाली बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट नाकामा रोकिएका मालवाहक सवारीसाधनको आवागमन व्यवस्थापन हुनुका साथै व्यापारी तथा उपभोक्तालाई समेत राहत पुग्ने विश्वास गरिएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

दशैँमा सर्वाधिक गुञ्जिने ७ गीत
काठमाडौं । दशैँ आएको छनक कसरी मिल्छ, के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा वा आकाशमा चङ्गाहरू उडेको देख्दा ? त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन् । दशैँ आउनु केही दिन अगाडिदेखि नै रेडियो–टिभीमा मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दशैं गीतले झनै रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा… ...

फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड (फाेटाे)
काठमाडाैं । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज सनिबार दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो। धार्मिक आस्थ… ...

कांग्रेस सभापति गगन थापाले लिए शपथ
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका हुन् । प्रतिज्ञा पत्र नाम दिइएको उक्त शपथग्रहण पत्रमा बाचनपछि हस्ताक्षर समेत गरेका छन् । शपथपछि नवनिर्वाचित बरि… ...

१० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित
मुस्ताङ । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन उल्लेख्य वृद्धि हुने अनुमान गरिए पनि बाढीपहिरोका कारण प्रभावित भएको छ । बहुचर्चित कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक करिब १५ दिनसम्म अवरुद्ध हुँदा स्याउ निकासी समेत प्रभावित भएको छ । मुस्ताङमा करिब १० हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिए पनि हालसम्म कुल उत्पादनको करिब ३० प्रतिशत बढी मात्रै जिल्ला बाहिर निक… ...


