Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ताइवानतर्फ शक्तिशाली समुद्री आँधी, पूर्वी एशियामा सयौँ उडान रद्द

ताइवानतर्फ शक्तिशाली समुद्री आँधी, पूर्वी एशियामा सयौँ उडान रद्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
ताइवानतर्फ शक्तिशाली समुद्री आँधी, पूर्वी एशियामा सयौँ उडान रद्द

Reuters चम्पी नामक शक्तिशाली समुद्री आँधी ताइवानतर्फ बढिरहँदा त्यसको चौतर्फी असर देखिन थालेको छ।प्रतिघण्टा १७३ किलोमिटर वेगको समुद्री आँधीले पूरै ताइवानलाई चपेटामा पार्ने अनुमान गरिएको छ।जापानमा समेत पुग्ने उक्त समुद्री आँधी अगाडि बढ्दै गर्दा पूर्वी एशियामा सयौँ हवाई उडानहरू रद्द गरिएका छन्। समुद्री आँधी आउँदा अन्तरिक्षबाट ठाउँठाउँमा देखियो चट्याङ टाइफूनका कारण झ्यालहरूमा क्षति ताइवानमा करिब १२५ वटा उडानहरू रद्द गरिएका छन्, जसमध्ये अधिकांश आन्तरिक उडानहरू रहेका छन्।केही रेल सेवा र फेरि सेवा पनि स्थगित गरिएका छन् भने पार्क तथा पर्यटकहरू जाने स्थलहरू बन्द गराइएको छ।उच्च सतर्क रहन अनुरोध CIRA and JMA/JAXA/Reuters जापानका प्रमुख एअरलाइनहरूमध्ये जापान एअरलाइन्स र एएनएले १६० भन्दा बढी उडानहरू रद्द गरेका छन्।अधिकांश बिहीवार र आइतवारबीचका आन्तरिक उडानहरू रहेका छन्। ती उडानहरू रद्द गरिँदा अनुमानित कम्तीमा ११ हजार यात्रुहरू प्रभावित हुने ठानिएको छ।ताइवानी अधिकारीहरूले बिहीवार नै चेतावनी जारी गरिसकेका छन्। ताइवानका प्रधानमन्त्रीले मानिसहरूलाई उच्च जोखिम क्षेत्रमा नजान अपील गरेका छन्।समुद्री आँधीले पुर्‍याउने असरलाई ध्यानमा राख्दै शैक्षिक संस्थाका साथै कार्यालयहरू बन्द गराइएका छन्।ताइवनको राष्ट्रिय अग्निनियन्त्रणसम्बन्धी निकायका प्रमुखले समुद्री आँधी ताइवानबाट बाहिरिएपछि पहाडी क्षेत्र, खोलाखोल्सा र समुद्री तटहरूदेखि टाढा रहन अनुरोध गरेका छन्। विमान चढेर शक्तिशाली समुद्री आँधी पछ्याउँदै अमेरिकी वायुसेनामौसमविद्‌लाई पनि 'भावुक' बनाउने मिल्टन आँधी ‘चरम मौसमी घटना बढ्दाको क्रोध हो’ अधिकारीहरूका अनुसार समुद्री छालले बगाउँदा अहिलेसम्म एक जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।एक हजार जनाभन्दा बढी मानिसहरूलाई उनीहरूका घरबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।चम्पी आँधी शनिवार अपराह्नपछि जापानतर्फ बढ्न थाल्ने पूर्वानुमान छ। जापानमा अहिले नै ३,६३० घरधुरीमा बिजुली आपूर्ति प्रभावित भएको ओकिनावा इलेक्ट्रिक पावरले जनाएको छ।उक्त कम्पनीका अनुसार शक्तिशाली वर्षा र हुरीले मर्मतसम्भारको काम प्रभावित भइरहेको छ।टोक्योमा शुक्रवार बादल लागेको छ। तर शनिवारबाट लगातार चार दिनसम्म पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद्‌हरूले बताएका छन्।जापानकी प्रधानमन्त्री सनाए तकाइचीले समुद्री आँधीलाई लिएर उच्च सतर्कता अपनाउन अपील गरेकी छन्। घना बस्ती भएको क्षेत्रमा फैलिँदै समुद्री आँधी'एक दशकमा एक पटक' खालको आँधी पश्चिम अस्ट्रेलियामा बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
ताजा खबरJust now

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह

न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग ...

केन्द्रबिन्दु
टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता
ताजा खबरJust now

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता

काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा पटक-पटक च्याम्पियन बनिन् । तर भनिन्छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play