तलेजु भवानी मन्दिर बिहानै देखि खुला, भक्तजनको घुंईचो

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार बिहान ५ बजेदेखि खुलेको छ । मन्दिरमा दर्शन गर्नका लागि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने जनाइएको छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने काम भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ । यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा रही आएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार तुलजा भवानीलाई गत असोज ३१ गते शनिबार बिहान ७:३७ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान १०:३९ बजेको साइतमा स्थिरासनमा राखिएको थियो । तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी आज राति कालरात्रि पूजा गरिँदैछ । कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने पनि हेरचाह अड्डाले जनाएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान १०:५१ बजे यात्रा गराइने छ । त्यसै दिन बिहान ११:५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ । The post तलेजु भवानी मन्दिर बिहानै देखि खुला, भक्तजनको घुंईचो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

जलवायु चेतनाका लागि भारतीय र्यापरको पहल
बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्याहरूलाई मुख्य विषय बनाएका छन्। र्यापर... ...
![महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-niraula-31-06.jpg)
महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड [भिडियो]
नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष पूजाआराधना गर्ने वैदिक सनातन परम्परा रहेको छ। ...

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो
चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन ...
![तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/taleju-bhawani-83-7-3%20(11).jpg)
तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]
महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ। ...


