Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

10/16/2026, 8:18:07 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले बताए । राकेशका अनुसार तराई–मधेशमा दशैँ केवल धार्मिक अनुष्ठानमा सीमित थिएन । दुर्गापूजासँगै मेला, भजनकीर्तन र कुस्ती प्रतियोगिता गाउँघरका प्रमुख मनोरञ्जनका माध्यम थिए । गाउँका मानिस मिलेर चन्दा उठाउने, सामूहिक रूपमा दुर्गापूजा गर्ने तथा हनुमान र महावीरको पूजा आयोजना गर्ने परम्परा पनि दशैँ जोडिएको थियो । ‘पहिला गाउँगाउँमा अखडा हुन्थे । प्रसिद्ध पहलवानलाई पैसा दिएर ल्याएर कुस्ती खेलाउने गरिन्थ्यो। अहिले कुस्ती खेल्ने अखडा र खेलाउने चलन दुवै कम हुँदै गएका छन्,‘ राकेशले भने । उनका अनुसार कुस्ती प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य मनोरञ्जन थियो । पहलवानबीचको प्रतिस्पर्धा, कसले जित्छ र कसरी प्रतिद्वन्द्वीलाई पराजित गर्छ भन्ने हेर्न मानिसहरू मेला स्थलमा जम्मा हुन्थे । मनोरञ्जनका अन्य साधन सीमित भएका बेला यस्ता प्रतियोगिता गाउँलेका लागि आकर्षणको केन्द्र बन्ने गरेका थिए । दशैँ अवसरमा लाग्ने मेलाले गाउँका मानिसलाई एकै ठाउँमा भेला गराउने र आपसी सम्बन्ध बलियो बनाउने काम पनि गथ्र्यो । सामूहिक पूजा, चन्दा संकलन र मेलामा सहभागिताले सामाजिक सहकार्यलाई बढावा दिने गरेको राकेशको भनाइ छ । यसले पारिवारिक तथा सामाजिक मनमुटाव, ईष्र्या र द्वेष कम गर्दै आपसी सद्भाव कायम गर्न सहयोग पु¥याउने उनी बताउँछन् । तर, परम्परागत मनोरञ्जनका माध्यम र सांस्कृतिक गतिविधि क्रमशः घट्दै गएको उनको अनुभव छ । सयौँ वर्षदेखि चल्दै आएका कतिपय प्रचलन समयसँगै परिवर्तन हुनु स्वाभाविक भए पनि त्यसले दशैँ मनाउने पुरानो शैलीमा बदलाव ल्याएको राकेशले बताए । उनका अनुसार तराई–मधेशमा दशैँ मनाउने तरिका पहाडी क्षेत्रको भन्दा केही फरक छ । पहाडी क्षेत्रमा फूलपाती भित्र्याउने विशेष परम्परा छ भने तराई–मधेशमा घटस्थापनादेखि जमरा उमार्ने, दुर्गापूजा गर्ने, मेला लगाउने र भजनकीर्तन तथा रामलीला आयोजना गर्ने चलन छ । विजयादशमीका दिन टीका लगाउने परम्परामा समेत क्षेत्रअनुसार भिन्नता पाइन्छ । राकेशका विचारमा दशैँ यस्ता परम्पराले धार्मिक आस्था मात्र नभई पारिवारिक सम्बन्ध, सामाजिक एकता र सामूहिक मनोरञ्जनको महत्त्व पनि बोकेका छन् । कुस्ती प्रतियोगिताजस्ता पुराना चलन घट्दै जानु तराई–मधेशको दशैँ जोडिएको सांस्कृतिक जीवनमा आएको परिवर्तनको एउटा उदाहरण हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

परम्परागत उत्पादनको बजारीकरणका गर्न मानापाथी स्टोर
OthersJust now

परम्परागत उत्पादनको बजारीकरणका गर्न मानापाथी स्टोर

३० असोज, चितवन । गाउँघरका किसानले उत्पादन गर्ने परम्परागत बस्तुहरुको बजारीकरणका लागि चितवनका एक युवाले भरतपुरमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका छन् । नयाँ युवा पुस्ता माझ गाउँका उत्पादनहरुलाई परिचित गराउन भरतपुर महानगरपालिका वडा नं. १५ का युवा फणिन्द्र न्यौपानेले भरतपुर १० को सप्तगण्डकी रोडमा मानापाथी स्टोर सञ्चालनमा ल्याएका हुन् । उनले स्टोरको नाम नै नेपालका… ...

अनलाइन खबर
कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
OthersJust now

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

३० असोज, म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय… ...

अनलाइन खबर
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
OthersJust now

गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् । त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। ३५ वर्षमुनिको महिलातर्फ भने डा. कला पन्त ...

पर्दाफास
सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी
OthersJust now

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

कृषिमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको बताएकी छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play