तनहुँमा बाढीपहिरोले क्षतिग्रस्त सडक, पुल र कल्भर्ट पुनर्निर्माणका लागि सिफारिस

दमौली । गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न स्थानमा सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएपछि पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सिफारिस गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिग्रस्त संरचनाको विवरण सङ्कलन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित कार्यालय र मन्त्रालयमा सिफारिस गरेको हो। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट विशेषगरी घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, चिरा पर्ने, पुलको ब्याकफिलिङ बगाउने र कल्भर्टका संरचनामा क्षति पुग्ने समस्या देखिएका छन्। कतिपय स्थानमा खोलाको कटानले बस्तीसमेत जोखिममा परेका छन्। घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलाको पुलको ब्याकफिलिङ बगाउँदा पुलको दुवैतर्फ सडकसँग जोडिएको भागमा क्षति पुगेको छ। उक्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको तिवारीले बताए। त्यस्तै, घिरिङ गाउँपालिका–३ स्थित भैरव मोटरमार्गको केही भाग भासिएको छ। सडकलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न मर्मतसम्भार आवश्यक देखिएपछि पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ। घिरिङ गाउँपालिका–१ स्थित ठूलोफेदी खोलाको कटानले बस्तीमा क्षति पुग्न सक्ने जोखिम बढाएको छ। बस्ती संरक्षण तथा सम्भावित क्षति न्यूनीकरणका लागि रिटेनिङ वाल निर्माण गर्नुपर्ने भएकाले आवश्यक संरचना निर्माणका लागि पनि पूर्वाधार विकास कार्यालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए। यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ। पुलको संरचनाको सुरक्षा सुनिश्चित गर्न आवश्यक मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ। घिरिङ गाउँपालिका–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा समेत चिरा परेको छ। थप क्षति हुन नदिन र सडकलाई सुरक्षित बनाउन मर्मतसम्भार तथा प्राविधिक जाँच आवश्यक देखिएको छ। उक्त सडकखण्डको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको तिवारीले बताए। त्यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली खोलाको बहावले बगाएको छ। कल्भर्टको संरक्षण संरचनामा क्षति पुगेपछि आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


