Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तनहुँमा जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुननिर्माण हुने

तनहुँमा जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुननिर्माण हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
तनहुँमा जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुननिर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चार वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनः स्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चार वटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले जानकारी दिए । आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनः स्थापना गर्न लागिएको भण्डारीले बताए । जलाशय निर्माणका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो । स्थानीयबासीसँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमन तथा विभिन्न सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको भण्डारीको भनाइ छ । सम्झौताअनुसार चार वटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
ताजा खबरJust now

हानि–नोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं।जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानि–नोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ...

नेपालन्युज
अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत
ताजा खबरJust now

अन्तर्राष्ट्रिय मञ्चमा सफल जलवायु कूटनीति: भोटेकोशी-त्रिशूली बाढी पीडितलाई ३ अर्ब सहायता स्वीकृत

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाएको कूटनीतिक पहलले सफलता पाएको छ। अन्तर्राष्ट्रिय ‘हानि नोक्सानी कोष’ (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले बाढी प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) आर्थिक सहायता दिने निर्णय गरेको छ। बिहीबार बसेको कोषको विशेष बोर्ड […] ...

समयपोष्ट
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
ताजा खबरJust now

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। ... ...

नेपालखबर
मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्
ताजा खबरJust now

मंगलरबारदेखि ७ दिनसम्म वर्षा हुने हल्लाबारे यसो भन्छन् मौसम महाशाखाका मौसमविद्

आगामी मंगरबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित हुन नपर्ने नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई संकेत गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन्।  ‘आगामी... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play