Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार
Photo / Coverage: नेपालन्युज

बागलुङ। जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत्् प्रसारण लाइन विस्तार भएको छ। ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत्् प्रसारण प्रणालीमा जोडिएको छ। बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन नियमित सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखा प्रमुख दिलिप मरासिनीलेले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको रु १८ करोड लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ। लाइन विस्तारको काम सम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत्् सञ्चालनमा आउन सकेको थिएन। प्रसारण लाइनको आवश्यक मर्मत तथा विभिन्न प्राविधिक समस्या समाधानपछि विद्युत्् सेवा सञ्चालनमा आएको छ। वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु हो। ढोरपाटनमा विद्युत् पुगेपछि यहाँको जनजीवन सहज हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताए। लघुजलविद्युत् र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसममा खराबी आउँदा सञ्चार सम्पर्कसमेत विच्छेद हुँदै आएको थियो। बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त प्रसारण लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन्। त्यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन्। वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन्। ढोरपाटनमा विद्युत् पुगेपछि अन्धकार रहेको निसेलढोरमा विद्युत् पु¥याउने बाटो खुलेको छ। विद्युत् सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भएको छ। केन्द्रीय विद्युत्को पहुँचमा तीन हजार मिटरको उचाईमा रहेको ढोरपाटन पुगेपछि स्थानीय बासिन्दाको जनजीवन, पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा सहज हुनेछ। ढोरपाटनमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धिभएपछि विद्युत्को माग बढ्दै गएको छ। त्यस क्षेत्रमा गत आर्थिक वर्षमा ३७ हजार पर्यटक पुगेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हेटौंडामा खानेपानी आयोजना विस्तार हुँदै, ३८ करोडको बोलपत्र आह्वान
Latest NewsJust now

हेटौंडामा खानेपानी आयोजना विस्तार हुँदै, ३८ करोडको बोलपत्र आह्वान

३८ करोड ९१ लाख रुपैयाँको सहलगानीबाट नयाँ संरचना थपिँदा बोर्डका ३० हजारभन्दा बढी धारामा सेवा अझ भरपर्दो बन्ने अपेक्षा छ। ...

कान्तिपुर
शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा
Latest NewsJust now

शल्यचिकित्सामा एआई प्रविधिको प्रयोगमा जोड दिँदै मेदान्ता र किस्टबीचको सहकार्यको एक वर्ष पूरा

काठमाण्डु – भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी र नेपालको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा गरेको छ। यस अवसरमा दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) र मुटु उपचार तथा छातीको शल्यचिकित्सामा भइरहेका नयाँ प्रगतिबारे केन्द्रित स्वास्थ्यसम्बन्धी छलफल गरेका छन्। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोल्याबोरेसन’ अर्थात् चिकित्सकीय तथा शल्यचिकित्सकीय उत्कृष्टताका लागि सहकार्य भन्ने […] ...

काठमाण्डुपाटी
उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन
Latest NewsJust now

उम्मेदवारबारे रवि : नेतासँगको तस्बिर देखाउँदै टिकट मैले पाउने हो भनेर बेच्न पाइँदैन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले स्थानीय तहको निर्वाचनको उम्मेदवारको विषयमा नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । कुनै नेतासँग खिचिएको फोटो देखाउँदै, म नजिक छु मैले नै... ...

रातोपाटी
डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति
Latest NewsJust now

डोल्पाका विद्यार्थीलाई डा. सुनिल शर्माको १ करोड १४ लाख बराबरको छात्रवृत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माले डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीका लागि एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन् । डोल्पाबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य शिक्षाका ६ विधामा अध्ययन गर्न काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजमार्फत छात्रवृत्ति उपलब्ध गराउने उनले घोषणा गरेका हुन् । शुक्रबार दुनैमा आयोजित ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement