ड्रोनबाट राहत वितरण

काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट क्षेत्रमा राहत वितरण गर्न ड्रोन प्रभावकारी बनेको बताए। “हामीसँग चार वटा ड्रोन छन्। रसुवा र गोरखामा सडक सम्पर्क विच्छेद भएका स्थानमा ड्रोनमार्फत राहत वितरण भइरहेको छ,” उनले भने। बाढीमा सडक, पुललगायत भौतिक पूर्वाधार बगेपछि राहत सामग्री आपूर्ति गर्न प्राधिकरणलाई चुनौती थपिएको छ। प्रभावित नागरिकको उद्धार र राहतमा प्राधिकरणले ड्रोनको अधिकतम उपयोग गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मोटरसाइकल दुर्घटनामा किशोरको मृत्यु
सर्लाही।बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो। त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ...

दशैंले सुनसान बनायो काठमाडौँका मुख्य सडक
• दशैंको महानवमीका दिन काठमाडौंका प्रमुख क्षेत्र सुनसान देखिएका छन्। • सर्वसाधारण गाउँघर फर्किएसँगै उपत्यकाका सडक र बजारमा चहलपहल घटेको छ। • प्रमुख स्थानहरूमा दरबारमार्ग, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, बालकुमारी र सातदोबाटो समावेश छन्। ...

सडक दुर्घटनामा एक मोटरसाइकल किशोरको मृत्यु
काठमाडौं । बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो। त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ...

अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर बाँड्ने मस्कको घोषणा
अमेरिकी अर्बपति इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर दिने घोषणा गरेका छन्। यो योजना कार्यान्वयन भए अमेरिकाका १८ वर्षमुनिका करिब ७ करोड ३० लाख बालबालिका लाभान्वित हुन सक्नेछन्। स्पेसएक्सको पछिल्लो सेयर मूल्यका आधारमा यसका लागि करिब १० अर्ब ६५ करोड ८० लाख अमेरिकी डलर खर्च हुनेछ। मस्कले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै... ...


