Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जना अझै फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जना अझै फरार
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १८ । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीमध्ये थप दुई जना पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ परेका दुई जनासँगै हालसम्म पक्राउ पर्ने कैदीबन्दीको संख्या चार पुगेको छ। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन्। यसअघि मंगलबार रुकुम पश्चिमबाट थप दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना रहेका छन्। कारागारबाट फरार भएकामध्ये अब चार जना पक्राउ पर्न बाँकी छन्। फरार रहेका चार जनामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी रहेका छन्। गत कात्तिक १४ गते राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरी खोजी अभियान जारी राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल
PoliticsJust now

१८ करोड काण्डमा मुछिएपछि गगन र ओलीबीच गुन्डुमा वान-टू-वान वार्ता, यी विषयमा भयो छलफल

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित ओली निवासमा करिब एक घण्टा एकान्त भेटवार्ता भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थिति र मधेश प्रदेश सरकारको समीकरणलाई लिएर छलफल भइरहेको समयमा दुई प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मंगलबार साँझ करिब ६ बजे ओली निवास पुगेका थापाले ...

फरकधार
प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री
PoliticsJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारीका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा मिश्रीले नेपाली पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्ने ...

फरकधार
ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
PoliticsJust now

ट्रम्पलाई आफ्नै गढमा धक्का, अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको प्रभाव रहेका केही क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवारले जित हासिल गरेको विवरण सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलनको सम्भावना देखिएको छ । ट्रम्पको दोस्रो कार्यकालको जनमत परीक्षणका रूपमा हेरिएको निर्वाचनमा डेमोक्रेटहरूले रिपब्लिकनको नियन्त्रणमा रहेका केही महत्त्वपूर्ण सिट आफ्नो पक्षमा पारेका छन् । ...

फरकधार
दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत लिने काम भयो : पूर्वडीआईजी रमेश खरेल
PoliticsJust now

दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत लिने काम भयो : पूर्वडीआईजी रमेश खरेल

काठमाडौं, कात्तिक १८ । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै खरेलले दुई तिहाइको जनादेश र जेनजी आन्दोलनपछि प्राप्त जनसमर्थनको सरकारले नै अवमूल्यन गरेको बताउनुभएकाे छ । खरेलले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘दुई तिहाइको जनादेश र जेनजी विद्रोहपछिको जनसमर्थनको हुर्मत कसरी लिइन्छ भन्ने विषय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play