Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/डोल्पा कारागारबाट फरार कैदीबन्दी तथा थुनुवाकाे खोजीका लागि प्रहरीको सार्वजनिक अपिल

डोल्पा कारागारबाट फरार कैदीबन्दी तथा थुनुवाकाे खोजीका लागि प्रहरीको सार्वजनिक अपिल

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पा कारागारबाट फरार कैदीबन्दी तथा थुनुवाकाे खोजीका लागि प्रहरीको सार्वजनिक अपिल

काठमाडौं, कात्तिक १५ । डोल्पा कारागार कार्यालयबाट कारागार फोडेर भागेका कैदीबन्दी तथा थुनुवाकाे विवरण प्रहरीले सार्वजनिक गरेकाे छ। हिजाे कारागार कार्यालय डोल्पाबाट उनीहरू भागी फरार भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। कारागारबाट फरार हुनेमा विभिन्न कसुरका कैदीबन्दी तथा थुनुवाहरू रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारिएको जनाउँदै सर्वसाधारण तथा सरोकारवालाहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गरेको छ। फरार रहेका व्यक्तिहरूको विवरण: १. काली प्रसाद रोकाया – उमेर २९ वर्ष, ठेगाना: त्रिपुरासुन्दरी नगरपालिका-७, डोल्पा (हुलिया: गहुँगोरो) २. धन बहादुर भन्ने हरि बहादुर बुढा – उमेर २८ वर्ष, ठेगाना: त्रिपुरासुन्दरी नगरपालिका-४, डोल्पा (हुलिया: गहुँगोरो) ३. यज्ञ वि.क. – उमेर २५ वर्ष, ठेगाना: बारेकोट गाउँपालिका-१, जाजरकोट (हुलिया: गहुँगोरो) ४. तिलक भण्डारी – उमेर ३८ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-५, रुकुम पश्चिम (हुलिया: गहुँगोरो) ५. राम बहादुर कामी – उमेर ३२ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-१०, रुकुम पश्चिम (हुलिया: गहुँगोरो) ६. रेशम राना – उमेर २८ वर्ष, ठेगाना: कुमाख गाउँपालिका-५, सल्यान (हुलिया: गहुँगोरो) ७. कैलाश भन्ने कपिल परियार – उमेर १९ वर्ष, ठेगाना: नलगाड नगरपालिका-९, जाजरकोट (हुलिया: गहुँगोरो) ८. निशान भन्ने अदेश भण्डारी – उमेर ३२ वर्ष, ठेगाना: आठविसकोट नगरपालिका-३, रुकुम पश्चिम (हुलिया: गहुँगोरो) फरार रहेका यी व्यक्तिहरूलाई कतै देखेमा वा उनीहरूको बारेमा कुनै किसिमको सूचना प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय डोल्पाको निम्न सम्पर्क नम्बरहरूमा खबर गरिदिन प्रहरीले सबैमा आग्रह गरेको छ: सम्पर्क नम्बरहरू: १००, ०८७-५५००५६, ९८५८३९०५८६, ९८५८३०५५५५ इमेल: dpodolpa@nepalpolice.gov.np

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

महँगी र सार्वजनिक सेवाप्रति असन्तुष्टि चुलिँदै, युरोपभर प्रदर्शनको लहर
राजनीतिJust now

महँगी र सार्वजनिक सेवाप्रति असन्तुष्टि चुलिँदै, युरोपभर प्रदर्शनको लहर

जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए । आयोजकहरूले ...

फरकधार
कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार आयोगमा अद्यावधिक गर्ने तयारी
राजनीतिJust now

कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार आयोगमा अद्यावधिक गर्ने तयारी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार (कात्तिक १६) अद्यावधिक गरिने भएको छ। आवश्यक कागजात तथा विवरण संकलनको काम पूरा नभएपछि शुक्रबार गर्ने भनिएको अद्यावधिक प्रक्रिया सोमबारका लागि सारिएको हो। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यको पूर्ण विवरणसहित आवश्यक कागजात तयार पार्ने काम […] ...

काठमाण्डुपाटी
कर्णालीको जडीबुटी व्यापारबाट चार करोड बढी राजस्व
राजनीतिJust now

कर्णालीको जडीबुटी व्यापारबाट चार करोड बढी राजस्व

कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रूपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेशका ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासी हुँदा सरकारले चार करोड १७ लाख ६८ हजार ९९९ राजस्व प्राप्त गरेको हो ।  सबैभन्दा रोचक पक्ष त के छ भने, हजारौँ किलो जडीबुटी निकासी भइरहँदा जम्मा २५१ किलो यार्सागुम्बाले मात्रै ७५ लाख ...

फरकधार
भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह
राजनीतिJust now

भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो नयाँ पुस्ताको नेभिगेसन उपग्रह

भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ बनाउने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभिएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११:५१ बजे प्रक्षेपण गरिएको हो। प्रक्षेपण सफलतापछि इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘जीएसएलभी&ndash... ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play