काठमाडौं।भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। कात्तिक १४ गते राति करिब ९ बजे उनीहरू हिमपातमा फसेको जानकारी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो। सम्पर्कविहीन हुनेमा प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना छन्। घटनाबारे जानकारी पाएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर हेलिकप्टरमार्फत उद्धारको प्रक्रिया अघि बढाइएको छ। सञ्चार सम्पर्कमा समस्या हुँदा पर्यटकहरूको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन।
डोल्पामा हिमपातले ६ भारतीय पर्यटक सम्पर्कविहीन

Read Complete Original Article
Published originally on नेपालन्युज






