डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

सुर्खेत । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उहाँहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फस्नुभएकाे हाे । प्रशासनले कात्तिक १४ गते उहाँहरू फसेको जानकारी प्राप्त गरेको थियो । कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ । उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहनुभएकाे छ । उहाँहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे छन्। उनीहरू सबै भारतीय नागरिक हुनुहुन्छ । उहाँहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आउनुभएकाे थियाे । भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उहाँहरू फस्नुभएकाे हाे । जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ। मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


