Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

11/1/2026, 9:35:45 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
डोल्पामा हिमपातले फसेका ६ भारतीय पर्यटकको उद्धार हुँदै

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उनीहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फसेका हुन्। प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको जानकारी प्राप्त गरेको थियो। कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ। उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहेका छन् । उनीहरूमा मौमिता हाल्डर (Moumita Halder), पियाली कोली (Piyali Koley), जजला त्रिवेद कुमार (Jajala Trived Kumar), आदित्य सिंघा (Aditya Singha), डिप्लिना बिस्वास (Diplina Biswas) र राजेश डे (Rajesh De) छन्। उनीहरू सबै भारतीय नागरिक हुन्। उनीहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आएका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उनीहरू फसेका हुन्। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ। मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कुमारी बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा बढेर ८.७२ प्रतिशत पुग्यो
OthersJust now

कुमारी बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा बढेर ८.७२ प्रतिशत पुग्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा १ दशमलव ७० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद […] ...

लोकपथ
ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, लाभांश क्षमता १७.७५ प्रतिशत
OthersJust now

ग्लोबल आइएमई बैंकको नाफा २४.४८ प्रतिशतले बढ्यो, लाभांश क्षमता १७.७५ प्रतिशत

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष नाफा २४.४८ प्रतिशतले वृद्धि भएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । […] ...

लोकपथ
‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार
OthersJust now

‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार

लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ । बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो । निर्णायक मण्डलले पुस्तकले दलित अध्ययन र नेपाल अध्ययनका क्षेत्रमा… ...

अनलाइन खबर
क्रिकेट मैदानमा भेटिएको नेपाल
OthersJust now

क्रिकेट मैदानमा भेटिएको नेपाल

एनपीएल खेलको उत्सव मात्र होइन; यो भौगोलिक सीमा, जातीय विविधता र क्षेत्रीय भिन्नतालाई तोड्दै नेपालीलाई एउटै साझा मञ्चमा उभ्याउने शक्तिशाली सेतु बन्न पुगेको छ। कर्णालीको पक्षबाट मधेसका खेलाडीले विकेट लिँदा होस् वा सुदूरपश्चिमका खेलाडीले विराटनगरका लागि छक्का प्रहार गर्दा, दर्शकदीर्घाबाट गुञ्जिने तालीले यही भन्छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play