Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/डोम समुदायका पेसा संकटमा

डोम समुदायका पेसा संकटमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
डोम समुदायका पेसा संकटमा

सप्तरी। तराई मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की, चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पेसा सङ्कटमा परेको छ। यस समुदायको पुर्ख्यौउली पेसा ढक्की, कोनियालगायत बाँसको सामग्री बनाउने भए पनि परिश्रम अत्यधिक र आम्दानी न्यून भएपछि यस पेसाबाट आएको आम्दानीले उनीहरूलाई आफ्नो परिवारको खर्च टार्न समस्या हुँदै आएको हो। दिनप्रतिदिन महँगी बढ्दै गएको र आम्दानी सीमित भएकाले यस समुदायको पेसा सङ्कटमा परेको हो। याममा जसोतसो छाक टार्न सहज भए पनि अन्य समयमा छाक टार्ने समस्या हुँदै आएको जिल्लाको तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकले बताए। उनले भने, ‘विवाह र चाडपर्वको बेला ठिकै आम्दानी भए पनि अन्य समयमा दुई छाक टार्नसमेत समस्या हुँदै आएको छ। बाँसको सामान बनाउन समय धेरै लाग्ने र दाम भनेजस्तो पाउन नसकेपछि समस्या हुँदै आएको छ।’ ढक्की, कोनियालगायत सामग्री तयार पार्नका लागि एउटा बाँस किन्दा रु २०० देखि ३०० तिर्नुपर्छ। एउटा बाँसको दिनभरि तीनवटा सामग्री बनाउँदा रु एक हजारसम्म आउँछ। यसमा खर्च काटेर ७०० भन्दा बढी सिजनमा दिनको आम्दानी हुँदै आए पनि यामबाहेकको बेला बनाएको सामाग्री बिक्रीवितरण गर्न मुस्किल हुँदै आएपछि छाक टार्न समस्या हुँदै आएको बताए। छोराहरू यही पेसामा काम गरेर जसोतसो जीविकोपार्जन गरे पनि नातिहरू यो पेसामा मेहनत बढी र आम्दानी कम हुने डरले अर्कै पेसा अपनाउन थालेको उनको भनाइ छ। उनले भने , ‘हाम्रो जातले बनाएको नियमअनुसार आफ्नो एरियाबाहेकमा गएर आफूले बनाएको सामग्री बिक्रीवितरण गर्न नपाइने हुनाले पनि यस पेसामा टिक्न हाम्रो समुदायलाई समस्या भएको छ।’ डोम समुदायको आफ्नै नियम हुन्छ। क्षेत्र तोकेकोबाहेक आफूले बनाएको सामग्री बिक्रीवितरण गर्न नपाइने हुनाले यस समुदायको पेसा सङ्कटमा परेको राजविराज नगरपालिका–१३ कि रिना मरिकले बताए। उनले भने, ‘श्रीमान् अपाङ्ग हुनुहुन्छ। काम गर्न सक्नुहुन्न। मैले काम गरेर आएको आम्दानीले परिवार पाल्नुपर्ने बाध्यता छ। बाँसको सामग्री सिजनमा मात्र खरिदबिक्री हुने भएकाले अन्य बेला छाक टार्नै समस्या हुँदै आएपछि सिजनबाहेक अन्य समयमा अन्य काम गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ।’ जिल्लाका दलित अभियन्ता युक्ति मरिकले यामबाहेकको अवस्थामा यस पेसाबाट आम्दानीको अभावले हाम्रो समुदायलाई जीविकोपार्जनमा समस्या भएपछि यस पेसाबाट विस्थापित हुने अवस्था आएको बताए। उनले भने, ‘हाम्रो समुदायको पेसालाई दिगो बनाउन व्यवसायी रूपमा आर्थिक सशक्तीकरणका लागि सरकारले ध्यान दिन आवश्यक छ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला
ताजा खबरJust now

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ। • प्रतियोगितामा ११ टोली सहभागी हुनेछन् र ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। • कर्णाली प्रदेशले १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रंगशाला निर्माण गरिसकेको छ, जहाँ उद्घाटन र समापन समारोह हुने छ। ...

नेपालबहस
युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी
ताजा खबरJust now

युक्रेनमा स्टारलिंक र स्टारसिल्डको गति सामान्य अवस्थामा फर्किएको दाबी

काठमाडौँ। युक्रेनका रक्षामन्त्री येभेनी खमाराले स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्डको सञ्चार गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको बताएका छन्। एक साताभन्दा लामो समयदेखि सेवा सीमित हुँदा युक्रेनी सेनाको सञ्चार... ...

रातोपाटी
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
ताजा खबरJust now

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ, कात्तिक ७ गते । हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । दसैंअघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो । रसु... ...

गोरखापत्र
मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
ताजा खबरJust now

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई देशको मौसम स्थिर र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play