डेभिड मिलरले पनि एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हाे । टी–२० क्रिकेटका उत्कृष्ट फिनिसरमध्ये एक मानिने मिलर छक्का प्रहार गर्ने क्षमताका लागि परिचित छन् । उनले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै क्रमशः ४ हजार ७६२ र २ हजार ८०४ रन बनाएका छन् । सबैखाले टी–२० क्रिकेटमा ५८४ खेल खेलेका उनले १२ हजार ४३५ रन बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन् । मिलरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले ४८१ रन बनाएका थिए । उक्त सिजन गुजरातले पहिलो पटक आईपीएल उपाधि जितेको थियो । उनले सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए । यसअघि कर्णालीले पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानलाई पनि अनुबन्ध गरिसकेकाे छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व
• ७३ वर्षीय रामबहादुर गन्धर्वले दशैँको नवरात्रमा तानसेनका गल्लीमा सारङ्गी बजाउँदै मालश्री गाएका छन्, तर नयाँ पुस्तामा यस परम्परालाई निरन्तरता दिने चासो कम भएको छ। • गन्धर्व समुदायका पुराना कलाकारको निधन र नयाँ पुस्ताको वैकल्पिक रोजगारीतर्फको आकर्षणले मालश्री जस्ता सांस्कृतिक सम्पदाको संरक्षणमा चुनौती उत्पन्न भएको छ। • स्थानीय सरकार र संस्कृति संरक्षणका निकायले नयाँ पुस्तालाई मालश्रीको महत्त्व बुझाउन र सिक्ने ...

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको […] ...

आपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ
जनकपुर। प्रहरीले आपराधिक लाभ लिन खोजेको तथा बाल यौनदुरुपयोगको कसुरमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनकपुरधाम... ...

होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका रसुवाका बाढी प्रभावितलाई काठमाडौँस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ । गत भदौ १० गते भोटेकोसी... ...


