डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो। उनले एकदिवसीयमा आठ शतक र २४ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्धशतक बनाएका छन्। सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन्।मिलरले सन् २००८ मा १८ वर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिकाको वेस्ट इन्डिज भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरे। सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध लगातार दुई एकदिवसीय खेलमा शतक बनाएका मिलरले त्यसै वर्ष विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १८ बलमा ४९ रन बनाएका थिए। इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि मिलरले लामो समय खेलेका छन्। उनी सन् २०१३ देखि २०१९ सम्म किङ्स इलेभेन पञ्जाबमा आबद्ध थिए र सन् २०१६ मा टोलीको कप्तानीसमेत गरेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले १६ खेलमा ४८१ रन बनाएका थिए। उक्त सिजन गुजरातले पहिलो पटक आईपीएल उपाधि जितेको थियो। The post डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ। प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन... ...

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ
जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने ...

साइबर ठगीका १९ प्रवृत्ति : कसरी जोगिने ठगिनबाट ?
काठमाडौँ । निजामती सेवाबाट अवकाश पाएका एक जना पूर्व कर्मचारीलाई अपरिचित नम्बरबाट यस्तो फोन आयो, ‘म बैङ्कबाट बोलेको तपाईँको केवाईसी अपडेट गर्नुपर्ने रहेछ ।’ सेवा अवधिभरको कमाई जम्मा गरेर राखेको... ...


