Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

डिजिटल विकासमा सरकार–टिकटक सहकार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल विकासमा सरकार–टिकटक सहकार्य
Photo / Coverage: नेपालन्युज

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटक जस्ता सामाजिक सञ्जाल नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनमा महत्त्वपूर्ण माध्यम बनेको बताए। उनले सामाजिक सञ्जालको लाभ आर्थिक रूपमा सबल वर्गमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्‍याउनु पर्नेमा जोड दिए। टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र आर्थिक विकासको साधनका रूपमा उपयोग गर्नुपर्ने उनको धारणा थियो। मन्त्री डा. तिमिल्सिनाले सामाजिक सञ्जालले विपद्का सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय आमनागरिकसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको जिम्मेवार र सुरक्षित प्रयोगमा जोड दिए। उनले डिजिटल साक्षरता विस्तार, प्रयोगकर्ताको व्यक्तिगत गोपनीयता तथा अधिकारको संरक्षण र सुरक्षित डिजिटल वातावरण निर्माणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा टिकटकलगायतका सामाजिक सञ्जालसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरे। भेटमा टिकटकका वरिष्ठ निर्देशक एमिर गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि तथा सामुदायिक विकासमा योगदान पुर्‍याउन टिकटक प्रतिबद्ध रहेको बताए। उनले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा नेपाल सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
Latest NewsJust now

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो । ...

कान्तिपुर
मोर्डन पेन्टाथलनका खेलाडी यूएई जाने
Latest NewsJust now

मोर्डन पेन्टाथलनका खेलाडी यूएई जाने

नेपाली मोर्डन पेन्टाथलनका खेलाडीले यूएईमा यही नोभेम्बर १० देखि १६ सम्म हुने एीसयन ओपन लेजर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् । ...

कान्तिपुर
बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादल
Latest NewsJust now

बालेन सरकारलाई पश्चिममा शक्तिहरूले नै विघटन गर्नेछन्: बादल

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिममा शत्तिहरूको स्वार्थपूर्ति नगरेमा उनीहरूले नै बालेन सरकार विघटन गरि दिने टिप्पणी गरेका छन्।  शुक्रबार झापाको दमक नगर कमिटीको कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्‍याउने दातालाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै थापाले सरकारबारे टिप्पणी गरे... ...

नेपालखबर
रास्वपामा आफूखुसी उम्मेदवारी घोषणा गर्न रोक, यस्तो छ ७ बुँदे निर्देशन
Latest NewsJust now

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणा गर्न रोक, यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र अनुशासित बनाउन सातबुँदे निर्देशन जारी गरेको छ । आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकाङ्क्षी तथा उम्मेदवार क्लबमा आबद्ध सबैलाई निर्वाचनसम्बन्धी आचारसंहिता र विधिको पूर्ण पालना गर्न निर्देशन दिइएको छ । निर्देशनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play