डिगोमा नेपाली चलचित्रको लाइब्रेरी विस्तार

काठमाडौं । नेपालको ठूलो ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा विदेशमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै आफ्नो प्लेटफर्ममा नेपाली चलचित्रको संग्रह विस्तार गरेको छ । डिगोले ‘लालीबजार’मार्फत नयाँ नेपाली चलचित्रहरू उपलब्ध गराउन सुरु गरेको हो । डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका नेपाली चलचित्र हेर्न सकिनेछ । त्यस्तै, छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’लगायत चलचित्र पनि प्लेटफर्ममा उपलब्ध गराइने जनाइएको छ । विशेषगरी प्रवासमा रहेका नेपाली दर्शकलाई सहज र झन्झटरहित रूपमा नेपाली चलचित्र उपलब्ध गराउने उद्देश्यले चलचित्रको लाइब्रेरी विस्तार गर्न लागिएको डिगोले जनाएको छ । कम्पनीका अनुसार हरेक साता नयाँ नेपाली चलचित्रहरू थपिँदै जानेछन् । डिगोको एउटै सदस्यतामार्फत प्लेटफर्ममा उपलब्ध चलचित्र, लाइभ स्पोर्ट्स, रियालिटी शोका साथै जिओहटस्टारका सामग्रीसमेत हेर्न सकिनेछ । यसले दर्शकलाई एउटै प्लेटफर्मबाट विभिन्न विधाका मनोरञ्जनात्मक सामग्री हेर्ने सुविधा दिने कम्पनीको भनाइ छ । जिओहटस्टारमार्फत ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’ र ‘वेलकम टु द जंगल’जस्ता चलचित्र उपलब्ध छन् । त्यसैगरी, ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलिबाबा और ४० भूत’, ‘स्पेसल अप्स’ र ‘चिरैया’लगायतका जिओहटस्टार ओरिजिनल सामग्री पनि डिगोमा हेर्न सकिने जनाइएको छ । यसका अतिरिक्त हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’ र ‘थुडक्म’ जस्ता दक्षिण भारतीय फिल्मका साथै ‘बिग बोस’, ‘इन्डियाका टप १ पर्सेन्ट’ र ‘कफी विथ करण’जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रम पनि प्लेटफर्ममा समावेश छन् । नेपाली चलचित्र, अन्तर्राष्ट्रिय फिल्म, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई एउटै सदस्यतामा उपलब्ध गराउने योजनासहित डिगोले आफ्नो सामग्रीको दायरा फराकिलो बनाउँदै लगेको छ । नियमित रूपमा नयाँ नेपाली चलचित्र थप्ने योजनाले स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शकलाई नेपाली चलचित्रसँग जोड्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अमेरिकी र अस्ट्रेलियन डलर महँगियो
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो लगायत मुद्रा भने महँगिएका थिए। आज... ...

मिनी संसदमा विधेयकको चाप
काठमाडौँ, कात्तिक १० गते । सङ्घीय संसद्को बजेट अधिवेशनमा सरकारले ३० भन्दा बढी विधेयक दर्ता गरेसँगै प्रतिनिधि सभाका समितिहरूले धमाधम बिजनेस पाएका छन् । तल्लो सदनका प्रत्येक समितिमा... ...

राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ गर्ने
नेपाल राष्ट्र बैंकले इमेल मार्फत् गुनासो सुनुवाइसहितका सेवा सञ्चालन गरेको छ। वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइटलगायतका आफ्ना सेवा अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले इमेलमार्फत् गुनासो सुनुवाइ, एनसीटीएस, एलसीसहितका सेवा प्रदान गर्न थालेको हो। वेब प्रविधि पीएचपीमा गम्भीर सुरक्षा जोखिम द... ...

नेपाली कांग्रेसमा पुनर्जागरण : अबको आवश्यकता
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको प्रमुख राजनीतिक शक्ति हो । प्रजातन्त्रको स्थापना, नागरिक स्वतन्त्रताको रक्षा र लोकतान्त्रिक व्यवस्था निर्माणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ तर इतिहासको गौरवशाली विरासतले मात्र वर्तमानको राजनीतिक आवश्यकता पूरा गर्न सक्दैन । बदलिँदो समाज, नागरिकका नयाँ आकांक्षा र राजनीतिक दलप्रतिको घट्दो विश्वासलाई सम्बोधन गर्न कांग्रेसले आफूभित्र गम्भीर समीक्षा, सुधार र रूपान्तरणको प्रक्रिया अघि ...


