Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

ठेक्का रद्ध गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भएः शाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
ठेक्का रद्ध गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भएः शाही
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले ठेक्का रद्ध गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन् । संसदको सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयमा धारणा राख्दै बस्नेतले ठेक्का प्रक्रिया शुरु भइसकेपछि संशोधन भएका ऐन तथा नियमावलीका कारण पुरानो ठेक्का रद्द गर्न मिल्ने वा नमिल्ने विषयमा स्पष्ट कानूनी आधार प्रस्तुत गर्नुपर्ने बताएका हुन् । उनले दुई, तीन वा पाँच वर्षसम्म सञ्चालन हुने बहुवर्षीय आयोजनामा कार्यान्वयनकै क्रममा ऐन तथा नियमावली संशोधन हुनसक्ने भन्दै त्यसकै आधारमा पुराना ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानु कति जायज हुन्छ भन्ने विषयमा तथ्य र तथ्यांकसहित जवाफ दिनुपर्ने बताए । शाहीले ठेक्का रद्ध गर्नुको कारण नियमावली संशोधन मात्रै हो वा सार्वजनिक खरिद ऐनअनुसार टेण्डर प्रक्रियामा कुनै त्रुटी भएको हो भन्ने विषय पनि स्पष्ट पार्नुपर्ने उल्लेख गरे । प्राविधिक रूपमा छनोट भइसकेका कम्पनीको आर्थिक प्रस्ताव नखोल्दै ठेक्का रद्ध गरिएको विषयमा समेत सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो । ठेक्का रद्ध गर्दा राज्यको सार्वजनिक कोषमा पर्ने आर्थिक भार, आयोजनाको लागत र समयावधिमा हुने वृद्धि तथा निर्माण कम्पनीसँगको सम्झौता भङ्ग भएपछि उत्पन्न हुने आर्थिक दायित्वबारे पनि समीक्षा गर्नुपर्ने उनले बताए । विशेषगरी यसअघि पटेल–रमण जेभीसँग भएको सम्झौता भङ्ग भएपछि त्यससँग सम्बन्धित क्षतिपूर्ति, आर्थिक दायित्व असुलउपर तथा बैंक ग्यारेन्टीसम्बन्धी विषयमा स्पष्ट जानकारी आवश्यक रहेको उनको भनाइ छ । उनले ठेक्का रद्ध गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हस्तक्षेप भएको भन्ने विषयसमेत उठेकाले त्यसको वास्तविकता र कारणबारे सम्बन्धित निकायले प्रस्ट पार्नुपर्ने बताए ।उनले ठेक्का रद्ध हुँदा हुने प्रत्यक्ष आर्थिक नोक्सानीको मात्र हिसाब गरेर नपुग्ने भन्दै आयोजना जुन उद्देश्यले निर्माण गर्न लागिएको हो, त्यो उद्देश्य पूरा हुन नसक्दा राज्य र जनताले व्यहोर्नुपर्ने समग्र क्षतिको समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान
Latest NewsJust now

रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न प्रदान गरिउको छ। मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबिच प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।  २०८३ मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथीमा थापालाई बढुवा गर्ने निर्णय गरेको थियो। थापा यससँगै प्रधानसेनापतिको रोलक्रममा समेत बसेका छन्। उनी हालका प्रधानसेना... ...

नेपालखबर
नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार
Latest NewsJust now

नेप्से परिसूचक १५ अंकले बढ्यो, ५ अर्ब ५५ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुगेको हो। यसअघि सोमबार नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा वृद्धि भएको हो। यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ४६ लाख ७० हजार ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement