ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)

विराटनगर। विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा ठूलो पर्दामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्न क्रिकेटप्रेमीको भीड लागेको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत सोमबारदेखि सुरु भएको खेल हेर्न सर्वसाधारण मैदानमा भेला भएका हुन्। उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा हेर्न पुगेका दर्शकले सामूहिक रूपमा खेलको आनन्द लिइरहेका छन्। क्रिकेटप्रेमीलाई सार्वजनिक स्थलमै बसेर निःशुल्क खेल हेर्ने अवसर उपलब्ध गराउन ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ले विभिन्न सहरमा ठूलो पर्दामार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको हो। इभेन्ट म्यानेजमेन्ट प्रमुख रामजी पौडेलका अनुसार सर्वसाधारण तथा क्रिकेट समर्थकलाई लक्षित गरी विभिन्न सहरका सार्वजनिक स्थानमा एनपीएलका खेल देखाइनेछ। विराटनगरको पुरानो गुद्रीसहित काठमाडौं, पोखरा, चितवन, धनगढी, सुर्खेत, बुटवल र जनकपुरलगायतका सहरमा यस्तो व्यवस्था गरिएको उनले बताए। सार्वजनिक स्थानमा ठूलो पर्दामार्फत खेल देखाउने व्यवस्थाले क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला भएर आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न र खेलको उत्साह साटासाट गर्न अवसर दिएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्न पुरानो गुद्रीमा भेला भएका सर्वसाधारणको उपस्थितिले विराटनगरमा पनि एनपीएलप्रतिको आकर्षण देखाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चिनियाँ भाषामा अनूदित ६ नेपाली पुस्तक लोकार्पित
काठमाडौँ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा नेपाली भाषाबाट चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक विशेष समारोहबीच लोकार्पण गरिएको छ । नेपाली साहित्यलाई चिनियाँ पाठकमाझ पुर्याउने तथा नेपाल र... ...

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
काठमाडौं । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ...

पाल्पा च्याम्पियन्स ट्रफी : फ्रेन्ड्स ब्वाइज क्लब र दमकडा क्रिकेट क्लब विजयी
पहिलो खेलमा असेर्दी क्रिकेट क्लबलाई फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबले दुई विकेटले हरायो । ...

सर्बियाका नयाँ नेताले रुससँगको सहकार्यको महत्व बुझ्ने क्रेमलिनको आशा
काठमाडाैँ। विद्यार्थी नेतृत्वको आन्दोलनपछि लामो समयदेखि रुसनिकट मानिएका सर्बियाली नेता अलेक्जान्डर भुसिक राष्ट्रिय निर्वाचनमा पराजित भएपछि नयाँ राजनीतिक नेतृत्वले रुससँगको सहकार्यका फाइदा बुझ्ने आशा क्रेमलिनले व्यक्त गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री... ...


