Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/ठूला कम्पनीको सफ्टवेयर बजेटको २८ प्रतिशत अनिवार्य अपग्रेडमा खर्च हुने गरेको रिपोर्ट

ठूला कम्पनीको सफ्टवेयर बजेटको २८ प्रतिशत अनिवार्य अपग्रेडमा खर्च हुने गरेको रिपोर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
ठूला कम्पनीको सफ्टवेयर बजेटको २८ प्रतिशत अनिवार्य अपग्रेडमा खर्च हुने गरेको रिपोर्ट

अमेरिका र बेलायतका ठूला कम्पनीहरूले आफ्नो सफ्टवेयर बजेटको औसत २८ प्रतिशत विक्रेताले अघि सारेका अपग्रेड, प्रणाली स्थानान्तरण र लाइसेन्स परिवर्तनमा खर्च गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ। सफ्टवेयर मर्मतसम्भार सेवा प्रदायक ओरिजिनाले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार कम्पनीहरूले आफैँले रोज्न नचाहेका यस्ता परिवर्तनमा ठूलो रकम खर्च गर्नुपरेको छ। यसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि अपनाउने प्रतिस्पर्धाका बीच कम्पनीको लागत बढाउनुका साथै सञ्चालनमा जोखिमसमेत थपेको प्रतिवेदनमा उल्लेख छ। दुई हजारभन्दा बढी कम्पनीलाई समेटेर गरिएको अध्ययनले यस्ता बाध्यकारी खर्च र सञ्चालनमा हुने अवरोधलाई ‘सफ्टवेयर कर’ को संज्ञा दिएको छ। ओरिजिनाका प्रमुख कार्यकारी अधिकृत थोमस ओ’लरीका अनुसार पुरानो सफ्टवेयर अपग्रेड नगरेमा विक्रेताबाट प्राविधिक सहयोग गुम्ने अवस्था आउन सक्छ। त्यसैले व्यवसाय सञ्चालनका लागि महत्त्वपूर्ण प्रणालीमा यस्तो जोखिम लिनुभन्दा कम्पनीहरू अनिच्छापूर्वक अपग्रेड स्वीकार गर्न बाध्य हुने गरेका छन्। रोयटर्सका अनुसार सर्वेक्षणमा सहभागीमध्ये ९५ प्रतिशतले अपग्रेड गर्दा नतिजा झन् खराब हुने अपेक्षा हुँदाहुँदै पनि विक्रेताको दबाबमा सफ्टवेयर अपग्रेडका लागि भुक्तानी गरेको बताएका छन्। त्यस्तै, ८० प्रतिशतले प्रमुख सफ्टवेयर विक्रेताबाट अलग हुँदा आफ्नो व्यवसायमा ठूलो अवरोध आउने बताएका छन्। यसैगरी, ८४ प्रतिशत सहभागीले वरिष्ठ इन्जिनियरिङ कर्मचारीले नयाँ प्रविधि विकास वा व्यवसायसँग सम्बन्धित काममा भन्दा विक्रेताले अनिवार्य बनाएका सफ्टवेयर परिवर्तनमा सधैँ वा प्रायः समय खर्च गर्नुपरेको बताएका छन्। विक्रेताको प्राविधिक सहयोगसम्बन्धी समयसीमा पूरा गर्न पछिल्ला तीन वर्षमा ९१ प्रतिशत कम्पनीले पूर्ण रूपमा काम गरिरहेका हार्डवेयरसमेत प्रयोगबाट हटाएको सर्वेक्षणले देखाएको छ। ती उपकरणको औसत उपयोगी आयु अझै १.६५ वर्ष बाँकी रहेको अध्ययनमा उल्लेख छ। प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी संस्थाहरूले पछिल्लो पटक विक्रेताले गराएको सफ्टवेयर परिवर्तनका कारण औसतमा वार्षिक १ करोड २८ लाख ७० हजार अमेरिकी डलर खर्च बेहोरेका थिए। ओ’लरीले यस्तो समस्या विश्वका विभिन्न क्षेत्रका कम्पनीमा देखिने बताउँदै पुराना प्रविधि प्रणालीमा निर्भर र लामो समयदेखि स्थापित कम्पनीले अझ बढी चुनौती सामना गर्नुपरेको बताएका छन्। The post ठूला कम्पनीको सफ्टवेयर बजेटको २८ प्रतिशत अनिवार्य अपग्रेडमा खर्च हुने गरेको रिपोर्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ? २४९ रुपैयाँ तिरेर डिगोमा हेर्न पाइने फिल्महरु
प्रविधिJust now

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ? २४९ रुपैयाँ तिरेर डिगोमा हेर्न पाइने फिल्महरु

७ कात्तिक, काठमाडौं। नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र […] The post २४९ ...

आइसिटी फ्रेम
जापानले आईसीटी निर्यात प्रतिबन्धहरू पार गर्न अमेरिकी नियामकसँग घनिष्ठ सम्बन्ध राख्ने
प्रविधिJust now

जापानले आईसीटी निर्यात प्रतिबन्धहरू पार गर्न अमेरिकी नियामकसँग घनिष्ठ सम्बन्ध राख्ने

जापानले आईसीटी निर्यात प्रतिबन्धहरू पार गर्न अमेरिकी एफसीसीसँग घनिष्ठ सम्बन्ध खोजेको छ। जापानले सहयोगीहरूको आर्थिक सुरक्षालाई असर गर्न सक्ने सूचना प्रविधिका मुद्दाहरू, (जस्तै विदेशी निर्मित सामानहरूमा प्रतिबन्धहरू) हेर्न अमेरिकी संघीय सञ्चार आयोगसँग परामर्श ढाँचा स्थापना गर्न सहमत भएको छ। यो उपाय सन् २०१८ मा अमेरिका र जापान बीच हस्ताक्षर गरिएको अवस्थित आशय पत्र र एमओयूको नवीकरणमा तय गरिएको छ। यो समझदारीले ब्रोडब्यान्ड सेवाहरू, ...

टेक्नोलोजी खबर
स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू
प्रविधिJust now

स्याटेलाइट स्पेक्ट्रमका लागि संयुक्त पहल गर्दै यूरोपका प्रमुख दूरसञ्चार कम्पनीहरू

डोयच टेलिकम, अरेन्ज, टेलिफोनिकार भोडाफोन ले मोबाइल स्याटेलाइट सेवाका लागि छुट्याइने स्पेक्ट्रम प्राप्त गर्न संयुक्त रूपमा बोलपत्र पेस गर्ने सम्भावनाबारे अध्ययन गर्न आशयपत्रमा हस्ताक्षर गरेका छन्। यस पहलको उद्देश्य दूरसञ्चार सेवा प्रदायकहरूलाई ग्राहकका लागि डाइरेक्ट-टु-डिभाइस (डीटूडी) सेवा उपलब्ध गराउन “खुला र भेदभावरहित पहुँच” प्रदान गर्नु हो। यसले प्रतिस्पर्धा बढाउने, बजारको खण्डीकरण घटाउने र यूरोपभरका उपभोक्तालाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play