Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल
Photo / Coverage: नेपालन्युज

वासिङटन।अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ। चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी–२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो। दुवै पक्षले शान्ति र आणविक हतियार निःशस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन्। यस क्रममा रुस समेत सहभागी हुने त्रिपक्षीय बैठकको सम्भावना अघि सारिएको छ। यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबीच भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए। राष्ट्रपति ट्रम्पले पनि रुस–युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक निःशस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको उनको भनाइ थियो। चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको बताएका थिए। साथै, सन् २०२६ का एपेक र जी–२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए। अमेरिका र चीनबीचको पछिल्लो संवादलाई आगामी उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीसँगै द्विपक्षीय सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा हेरिएको छ। –रासस /एएनआइ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट
Latest NewsJust now

एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले एनपीएलमा पहिलो ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीपले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। सन्दीपले १५औँ ओभरको तेस्रो बलमा युवराज साम्रालाई पेभेलियन पठाए सोही ओभरको चौथो बलमा चमिका करुणारत्नेको विकेट... ...

नेपालखबर
सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट
Latest NewsJust now

सन्दीपले लिए ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्ससँगको खेलमा सन्दीपले आफ्नो... ...

रातोपाटी
भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा
Latest NewsJust now

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्... ...

गोरखापत्र
प्रकृति र संस्कृतिको सङ्गम
Latest NewsJust now

प्रकृति र संस्कृतिको सङ्गम

कहिलेकाहीँ यात्राको सबैभन्दा सुन्दर क्षण गन्तव्यमा पुग्दा होइन, गन्तव्य पहिलोपटक आँखाअघि खुल्दा आउँछ। डोल्पाका साँघुरा पहाडी बाटा, सुलीगाडको निरन्तर आवाज, घना जङ्गल र उकालो चढ्दै गर्दा शरीर थाकिरहेको हुन्छ। पाइला भारी हुन्छन्, सासको गति बढ्छ। तर अचानक पहाडको एउटा घुम्ती पार गरेपछि आँखाअघि नीलो पानीको विशाल फैलावट देखिन्छ। केही क्षणका लागि पाइला रोकिन्छन्। अग्ला चट्टानी पहाडको बीचमा फैलिएको फोक्सुण्डो कुनै ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play