काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अर्को साता चीनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेन सहरमा तीन नेताबीच भेटवार्ता हुने जानकारी दिएकी हुन् । भेटमा विश्वव्यापी आणविक हतियार नियन्त्रण तथा यसको विस्तार रोक्ने विषयमा छलफल हुने बताइएको छ । इरानको विषयले पनि प्राथमिकता पाउन सक्ने भए पनि युक्रेन युद्धबारे छलफल नहुने अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि, भेटवार्ताबाट तत्काल कुनै सम्झौता हुने अपेक्षा गरिएको छैन । अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएपछि विश्वका दुई ठूला आणविक शक्तिबीच नयाँ सम्झौताको आवश्यकता बढेको छ । राष्ट्रपति ट्रम्पले चीनलाई समेत समेटेर नयाँ सम्झौता गर्नुपर्ने धारणा राख्दै आएका छन् । यसैबीच, चीन र रुसबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पनि पछिल्ला वर्षमा थप निकट बनेको छ । तीन शक्तिशाली मुलुकका नेताबीच हुन लागेको यो भेटवार्तालाई विश्व राजनीति र आणविक हतियार नियन्त्रणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । The post ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुदै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






