ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम रूप दिने चरणमा पुगेको बताएका छन् । मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश सम्झौता गर्न इच्छुक रहेको बताए। भारत–अमेरिका व्यापार सम्झौतासम्बन्धी प्रश्नमा उनले भने, ‘भारत सम्झौता गर्न चाहन्छ । हामी पनि सम्झौता गर्नेछौँ । हामी सम्झौताको निकै नजिक छौँ ।’ ट्रम्पले दुई देशबीच हुने सम्झौता यसअघि गरिएका सम्झौताभन्दा पूर्ण रूपमा फरक हुनेसमेत बताए। अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा रहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । यसै महिनाको सुरुआतमा भारतका वाणिज्यमन्त्री पीयूष गोयलले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा प्रस्तावित व्यापार सम्झौताका विभिन्न पक्षबारे छलफल भएको थियो । भारत र अमेरिकाले गत फेब्रुअरीमा द्विपक्षीय व्यापार सम्झौताको पहिलो चरणका लागि रूपरेखा अन्तिम रूप दिने घोषणा गरेका थिए । यद्यपि, त्यसपछि अमेरिकाको कर (ट्यारिफ) नीतिमा विभिन्न परिवर्तन भएका छन् । दुई देशबीचको प्रस्तावित सम्झौताले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई थप प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
रसुवा। यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्नका लागि पर्यटक आउने क्रम सुरु भएको... ...

चाडपर्व राष्ट्रिय पहिचानका धरोहर : मुख्यमन्त्री थापा
बागमती। बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन्। विजयादशमीका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव,... ...

ब्राउन सुगरसहित बाँकेका ३ जना पक्राउ
लागुऔषध भारतीय सीमा लौकाही र बलैगाउँबाट भित्र्याएको प्रहरीको भनाइ छ । ...

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व होः मुख्यमन्त्री आचार्य
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिँदै नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन्। बडादसैँका अवसरमा बुधबार शुभकामना... ...


