ट्रम्पद्वारा क्यानाडाली उत्पादनमा लगाइएको ५० प्रतिशत भन्सार महसुलको दायरा हेरफेर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन् । शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन् । नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार, क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन । यसको विपरीत, क्यानाडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ । घोषणापत्रअनुसार, अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ । घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ । साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ । ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ । यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानाडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए । अमेरिकी कदमको जवाफमा क्यानाडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो । क्यानाडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो । दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् । एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । तेस्रो संस्करणसम्म आइपुग्दा एनपीएलको प्राविधिक पक्ष, अन्तर्राष्ट्रिय ...

इरानपछि क्युबामा ध्यान दिने ट्रम्पको चेतावनी, सीआईएसँग गुप्त साझेदारीको आह्वान
७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबाको मामलामा ध्यान दिने बताएका छन् । ट्रम्पले क्युबासँगको सम्झौता अघि बढाउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाइने सङ्केत पनि गरेका छन् । विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै क्युबाका जनतालाई परिवर्तन ल्याउन अपील गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन चाहनेहरूका लागि… ...

हुथी विद्रोहीविरुद्धको सैन्य संघर्षमा टर्की सहभागी नहुने घोषणा
७ कात्तिक, काठमाडौं । टर्कीले इरान समर्थित हुथी विद्रोहीहरूविरुद्धको कुनै पनि सैन्य संघर्षमा सहभागी हुने आफ्नो सोच नरहेको स्पष्ट पारेको छ । टर्कीको साउदी अरेबिया र पाकिस्तानसँग संयुक्त रक्षा सम्झौता छ । तर पनि उसले साउदीमा आक्रमण गरिरहेका हुथी विद्रोहीहरूविरुद्ध लड्न अस्वीकार गरेको हो । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा टर्कीका रक्षामन्त्री यासर गुलेरले भनेका… ...

विश्व भूराजनीतिक चलखेलको असर नेपालमा अझै बढेको छ : प्रचण्ड
‘हाम्रो देश पनि भूराजनीतिक चलखेल वा भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन । बरु अझ बढी असहज नेपालमा परिरहेको छ । यस्तो परिस्थितिबाट हामी गुज्रिएका छौं,’ उनले भने । ...


