Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

टोटेनहममाथि लिड्स युनाइटेड जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
टोटेनहममाथि लिड्स युनाइटेड जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । लिड्स युनाइटेडले इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा टोटेनहम हट्सपरलाई १–० गोलले पराजित गरेको छ । घरेलु मैदान एलान्ड रोडमा भएको खेलमा नोहा ओकाफोरले निर्णायक गोल गर्दै लिड्सलाई जित दिलाएका हुन् । ओकाफोरले खेलको ७९औँ मिनेटमा गोल गरेका थिए । उनी मैदान प्रवेश गरेको ९७ सेकेन्डमै गोल गर्न सफल भएका थिए । थ्रो–इनबाट आएको बललाई ह्यारी विल्सनले अगाडि बढाएपछि ओकाफोरले शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । टोटेनहमले बलमाथि बढी नियन्त्रण राखे पनि स्पष्ट गोलका अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा भने लिड्सले आक्रामक खेल प्रस्तुत गर्दै टोटेनहममाथि दबाब बढाएको थियो । खेलको पहिलो हाफमा लिड्सका जेयडेन बोगलले टोटेनहमका माथिस टेलमाथि गरेको खराब ट्याकलपछि विवाद भएको थियो । भिडियो सहायक रेफ्रीले घटनाको समीक्षा गरे पनि बोगलले रातो कार्ड पाएनन्। उक्त ट्याकलका कारण टेलले चोट बोकेपछि मैदान छाड्नुपरेको थियो । जितसँगै लिड्सले प्रिमियर लिगमा लगातार पाँच खेलको जितविहीन यात्रा टुंग्याएको छ। लिड्स १४ अंकसहित आठौँ स्थानमा उक्लिएको छ भने १२ अंक रहेको टोटेनहम दशौँ स्थानमा झरेको छ । यसअघि लगातार तीन खेल जितेको टोटेनहमको विजयी यात्रा पनि रोकिएको छ । The post टोटेनहममाथि लिड्स युनाइटेड जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको  घटनाबारे छानविन हुँदै
Latest NewsJust now

फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए ...

कान्तिपुर
सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते
Latest NewsJust now

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते

काठमाडौँ । अनुसन्धानमा संलग्न ‘ली’ लाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले ‘ली’ लाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । प्रहरी हेड्क्वार्टरका डीआईजी... ...

रातोपाटी
मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा
Latest NewsJust now

मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा

मधेस सरकारबाट नेकपा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव दबाबमा परेका छन्। यादव नेतृत्वको सरकारबाट एमाले मन्त्रीले गएको ३० असोजमै राजीनामा दिएका थिए। नेकपाका मन्त्रीहरूले भने गएको शुक्रबार (२० कात्तिकमा)राजीनामा दिएका हुन्। सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको... ...

नेपालखबर
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
Latest NewsJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

• काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। • घटनास्थलमा दुई वटा दम्कल पुगेर आगो निभाउन प्रयास गरिरहेका छन्। • बारमा कोही पनि नभएकाले बारका मालिकलाई बोलाउने प्रयास भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play