Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

टेस्लाले सांघाई प्लान्टमा ९८ प्रतिशतसम्म स्थानीय पार्टपुर्जाहरूको आपूर्ति गरेको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
टेस्लाले सांघाई प्लान्टमा ९८ प्रतिशतसम्म स्थानीय पार्टपुर्जाहरूको आपूर्ति गरेको दाबी
Photo / Coverage: टेक्नोलोजी खबर

टेस्लाको सांघाईमा रहेको गिगाफ्याक्ट्रीले आफ्नो पार्टपुर्जा स्थानीयकरण दरलाई बढाएर ९८ प्रतिशतमा पुर्याएको छ, जसले अमेरिकी ईभी निर्माता अब विश्वव्यापी रूपमा आफ्नो सबैभन्दा ठूलो उत्पादन आधारमा स्थानीय आपूर्ति श्रृंखलासँग अझ नजिकबाट जोडिएको देखाउँछ। टेस्लाले गत साता सांघाईमा खोलिएको नवौं चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोको समयमा एक आधिकारिक प्रेस विज्ञप्तिमा पछिल्लो तथ्याङ्क खुलासा गरेको छ। विगत धेरै वर्षहरूमा, टेस्लाले गिगाफ्याक्ट्री सांघाईमा पार्टपुर्जा स्थानीयकरण दरलाई “९५ प्रतिशत भन्दा बढी” भनेर निरन्तर वर्णन गरेको थियो। पुर्जाहरूको आपूर्तिमा हिस्सा बढाउनुका अतिरिक्त, चिनियाँ साझेदारहरूसँगको टेस्लाको सहकार्य उत्पादन विकाससम्म विस्तार भएको छ। उदाहरणका लागि, ‘मोडल वाई एल’ ​​का सिटहरूमा पाइने आर्मरेस्ट र लेग सपोर्ट जस्ता आरामदायी सुविधाहरू, स्थानीय प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै टेस्ला र चिनियाँ आपूर्तिकर्ताहरूले संयुक्त रूपमा विकास गरेका हुन्। सांघाईस्थित ‘गिगाफ्याक्ट्री’ को निर्माण कार्य सन् २०१९ को जनवरीमा सुरु भएको थियो र सोही वर्षको अन्त्यतिर त्यहाँ उत्पादन कार्य शुरु भयो। यो चीनको पूर्ण रूपमा विदेशी स्वामित्वमा रहेको पहिलो सवारी साधन निर्माण परियोजना हो। यसको वार्षिक उत्पादन क्षमता करिब १० लाख सवारी साधन रहेको छ, जहाँ मुख्यतया ‘मोडल ३’ र ‘मोडल वाई’ उत्पादन गरिन्छ। टेस्लाका अनुसार, करिब ७ लाख ३० हजार वर्ग मिटर कुल क्षेत्रफल ओगटेको यस गिगाफ्याक्ट्रीको करिब ९३.३ प्रतिशत हिस्सा उत्पादन कार्यशालाका लागि प्रयोग गरिएको छ। यस कारखानामा कुनै भड्किला स्वागत कक्षहरू, वा उच्च अधिकारीहरूका लागि मात्र छुट्टै भोजन कक्ष तथा लिफ्टहरू छैनन्; यसको उद्देश्य उत्पादन कार्यका लागि बढी स्थान र आवश्यक स्रोत-साधनहरू उपलब्ध गराउनु हो। हाल यस कारखानामा औसतमा हरेक ३० सेकेन्डभन्दा केही बढी समयमा एउटा सवारी साधन तयार भई उत्पादन लाइनबाट बाहिर निस्कने गति कायम गरिएको छ। The post टेस्लाले सांघाई प्लान्टमा ९८ प्रतिशतसम्म स्थानीय पार्टपुर्जाहरूको आपूर्ति गरेको दाबी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पृथ्वीले भेट्टायो नयाँ सानो चन्द्रमा, तर धेरै समय सँगै नबस्ने
TechnologyJust now

पृथ्वीले भेट्टायो नयाँ सानो चन्द्रमा, तर धेरै समय सँगै नबस्ने

पृथ्वीले नयाँ सानो चन्द्रमा भेटेको छ। यो क्रिसमससम्म पृथ्वीको वरिपरि रहनेछ। २०२६ क्यूक्यू८ नाम दिइएको यो अन्तरिक्ष चट्टान पहिलोपटक सन् २०२६ को अगस्टमा देखिएको थियो। यो सन् २०२६ को अप्रिलमा पृथ्वीको कक्षमा प्रवेश गरेको थियो। यसको खोजबारे अन्तर्राष्ट्रिय खगोलीय संघको माइनर प्लानेट सेन्टरले बिहीबार (अक्टोबर २९) जानकारी दिएको हो। तर क्यूक्यू८ पृथ्वीको वरिपरि अस्थायी रूपमा मात्र रहनेछ। यो सानो चन्द्रमा डिसेम्बरसम्म पृथ्वीको ...

टेक्नोलोजी खबर
६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै
TechnologyJust now

६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) काइजर एनजीले पद छाड्ने भएका छन्। ब्लुमबर्गका अनुसार बाइनान्सकी सहप्रमुख कार्यकारी अधिकृत यी हेले एक विज्ञप्तिमार्फत एनजीले पाँच वर्षभन्दा बढी समय बाइनान्समा बिताएपछि नयाँ व्यवसाय सुरु गर्ने उद्देश्यले कम्पनी छाड्न लागेको जानकारी दिएकी छन्। उनका अनुसार एनजीको जिम्मेवारी हस्तान्तरणका लागि पछिल्लो ६ महिनादेखि योजना कार्यान्वयन भइरहेको थियो। बाइनान्सका प्रयोगकर्ताको ६ अर्ब ३० ...

टेक्नोलोजी खबर
एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी
Technology1h ago

एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी

अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङमाथि निगरानी गर्न चीनले परिचालन गरेको दाबी गरिएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनमाथि जासुसी गर्न भर्ती गरेको दाबी प्रतिवेदनमा गरिएको छ। यस विषयमा सबैभन्दा पहिले द न्युयोर्क टाइम्सले गत नोभेम्बर ६ मा समाचार प्रकाशित गरेको थियो। यसअघि पनि उक्त ...

टेक्नोलोजी खबर
Electric auto rickshaws reshape India’s roads
Technology3h ago

Electric auto rickshaws reshape India’s roads

Every 90 seconds, an electric three-wheeler rolls off the production line at an Indian factory, underscoring a transformation that has made the country the largest market for battery-powered auto rickshaws. At a bustling plant run by Mahindra Last Mile Mobility, workers and robots fit cells into battery packs, attach body panels to metal frames and fix wheels into place, racing to ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play