Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । चिनियाँ व्यवसायी महिला एलिस हुआङसँग जेन्सेनको निकट सम्बन्ध रहेको र उनी चीनका लागि गुप्तचरी गतिविधिमा संलग्न रहेको अमेरिकी गुप्तचर अधिकारीहरूको आशंका रहेको द न्युयोर्क टाइम्सले जनाएको छ । कम्पनीको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको विश्वास गर्ने कुनै आधार नरहेको बताएको छ । यद्यपि, सार्वजनिक भएका आरोपको सत्यतथ्य पत्ता लगाउन उपलब्ध सबै सूचनाको अध्ययन गरिने जनाएको छ । जेन्सेनले पनि अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसैबीच, जेन्सेनले आफ्नी श्रीमतीप्रति बेइमान भएको स्वीकार गर्दै पत्नी र छोराछोरीलाई चोट पुर्‍याएकोमा सार्वजनिक रूपमा माफी मागेका छन् । उनले आफूले गरेको गल्तीको पूर्ण जिम्मेवारी लिने बताउँदै कम्पनीका कर्मचारी, सञ्चालक समिति र सेयरधनीप्रतिको जिम्मेवारीसमेत पूरा गर्न नसकेको स्वीकार गरेका छन् । एलिस हुआङ सिंगापुरमा रहेको तथ्याङ्क केन्द्रसम्बन्धी कम्पनी मेगास्पिडसँग आबद्ध रहेको बताइएको छ । अमेरिकी गुप्तचर निकायले उनको निगरानी गरेको र उनी चिनियाँ सरकारको तर्फबाट काम गरिरहेको निष्कर्ष निकालेको द न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ । यद्यपि, उनले चीनलाई कस्तो सूचना उपलब्ध गराएको भन्ने विषय भने स्पष्ट भएको छैन । चीनले भने एनभिडियाका प्रमुखमाथि गुप्तचरीको प्रयास भएको आरोपलाई आधारहीन अड्कलबाजी भन्दै अस्वीकार गरेको छ । यस घटनापछि अमेरिकी संसद्का तीन समितिका रिपब्लिकन नेताहरूले जेन्सेनलाई विदेशी गुप्तचर गतिविधिबाट कम्पनीको प्रविधि र सूचनाको सुरक्षा गर्ने व्यवस्थाबारे जवाफ दिन बोलाएका छन् । कृत्रिम बौद्धिकताका लागि आवश्यक अत्याधुनिक चिप उत्पादन गर्ने एनभिडिया अमेरिका र चीनबीचको प्रविधि प्रतिस्पर्धाको केन्द्रमा छ । करिब ४५ खर्ब अमेरिकी डलर बजार मूल्य रहेको कम्पनीका चिप बिक्रीमा अमेरिकाले यसअघि चीनमाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । The post चिनियाँ गुप्तचरसँग सम्बन्धको आरोपमा एनभिडियाका प्रमुख हुआङमाथि छानबिन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
Latest NewsJust now

एनपीएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आज हुने पहिलो खेल मध्याह्न १२ः३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५ः०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ । यी दुई वटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट […] ...

लोकपथ
जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
Latest NewsJust now

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना तोकिएका एकजना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनरुवा नगरपालिका- ९ घर भएका २० वर्षीय आकाश कुमार खत्वे रहेका प्रहरीले जनाएको छ।  अस्थायी प्रहरी पोस्ट साम्बाला सुनसरीबाट खटिएको प्रहरी टोलीले खत्वेलाई बालकिा बलात्कार कसुरमा ३ वैशाख २०८२ मा पक्राउ गरेको थि... ...

नेपालखबर
बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने
Latest NewsJust now

बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई गण्डकी प्रदेश सरकारले बर्खास्त गरिदिएपछि उनी अदालत जाने भएका छन् । सरकारको निर्णय गैरकानूनी र अदालतको अवहेलनाजन्य भएको भन्दै... ...

रातोपाटी
हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी
Latest NewsJust now

हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी

नवराज नेपालीबागलुङ, कात्तिक २३ गते । पश्चिम बागलुङको रणनैतिक महत्व बोकेको सडक निर्माण थालेको चार वर्षपछि कालोपत्रको चरणमा पुगेको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको उक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play