Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये एक बाइनान्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) काइजर एनजीले पद छाड्ने भएका छन्। ब्लुमबर्गका अनुसार बाइनान्सकी सहप्रमुख कार्यकारी अधिकृत यी हेले एक विज्ञप्तिमार्फत एनजीले पाँच वर्षभन्दा बढी समय बाइनान्समा बिताएपछि नयाँ व्यवसाय सुरु गर्ने उद्देश्यले कम्पनी छाड्न लागेको जानकारी दिएकी छन्। उनका अनुसार एनजीको जिम्मेवारी हस्तान्तरणका लागि पछिल्लो ६ महिनादेखि योजना कार्यान्वयन भइरहेको थियो। बाइनान्सका प्रयोगकर्ताको ६ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी ह्याकरहरूले चोरी गरेको एक साताभन्दा केही बढी समयपछि एनजीले पद छाड्न लागेका हुन्। घटनापछि कम्पनीले केही दिनसम्म रकम झिक्न रोक लगाएको थियो। कारोबार पुनः सुरु भएपछि पहिलो केही घण्टामै प्रयोगकर्ताले कुल ३ अर्ब ६० करोड डलर बराबरको रकम झिकेका थिए। बाइनान्स र अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले उक्त साइबर आक्रमणमा उत्तर कोरियाली समूह ‘ट्रेडरट्रेटर’ संलग्न रहेको आरोप लगाएका छन्। कम्पनीले चोरी भएको रकमबाट भएको सम्पूर्ण क्षति आफैँले बेहोर्ने पनि जनाएको छ। ‘चोरी भएको रकमको आर्थिक भार बाइनान्सले नै बेहोर्नेछ। यो क्षति प्रयोगकर्तामाथि सारिने छैन,’ कम्पनीले भनेको छ। एनजीको स्थानमा जस्टिन येकले प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाल्ने टेकक्रञ्चले उल्लेख गरेको छ। The post ६ अर्ब ३० करोड डलरको क्रिप्टोकरेन्सी चोरीपछि बाइनान्सका वित्त प्रमुखले पद छाड्दै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी
TechnologyJust now

एनभिडियाका प्रमुखलाई निगरानी गर्न चीनले मेगास्पिडका अधिकारीलाई परिचालन गरेको अमेरिकी गुप्तचरको दाबी

अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङमाथि निगरानी गर्न चीनले परिचालन गरेको दाबी गरिएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनमाथि जासुसी गर्न भर्ती गरेको दाबी प्रतिवेदनमा गरिएको छ। यस विषयमा सबैभन्दा पहिले द न्युयोर्क टाइम्सले गत नोभेम्बर ६ मा समाचार प्रकाशित गरेको थियो। यसअघि पनि उक्त ...

टेक्नोलोजी खबर
Electric auto rickshaws reshape India’s roads
Technology10m ago

Electric auto rickshaws reshape India’s roads

Every 90 seconds, an electric three-wheeler rolls off the production line at an Indian factory, underscoring a transformation that has made the country the largest market for battery-powered auto rickshaws. At a bustling plant run by Mahindra Last Mile Mobility, workers and robots fit cells into battery packs, attach body panels to metal frames and fix wheels into place, racing to ...

टेक्नोलोजी खबर
साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
Technology1h ago

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

२२ कात्तिक, काठमाडौं। नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ। तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ। यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च […] The post साईबर सेक्यूरिटी ...

आइसिटी फ्रेम
ओपनएआईले  जुटायो ११ अर्ब डलरको लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर
Technology1h ago

ओपनएआईले जुटायो ११ अर्ब डलरको लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर

ओपनएआईले ११ अर्ब डलरको नयाँ लगानी जुटाएको छ। यो १.२५ ट्रिलियन डलर मूल्यांकन गरिएको लगानी चरणको पहिलो हिस्सा भएको यस विषयमा जानकारी राख्ने एक स्रोतले शुक्रबार बताएको हो। अहिलेसम्म जुटाइएको ११ अर्ब डलर ओपनएआईले सुरुमा लक्ष्य राखेको ३० अर्ब डलरसम्मको लगानीको एउटा हिस्सा मात्र हो। साथै, कम्पनीको मूल्यांकन सुरुमा लक्ष्य राखिएको १.५ ट्रिलियन डलरबाट घटेर १.२५ ट्रिलियन डलरमा पुगेको दुई लगानीकर्ताले ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play