ओपनएआईले ११ अर्ब डलरको नयाँ लगानी जुटाएको छ। यो १.२५ ट्रिलियन डलर मूल्यांकन गरिएको लगानी चरणको पहिलो हिस्सा भएको यस विषयमा जानकारी राख्ने एक स्रोतले शुक्रबार बताएको हो। अहिलेसम्म जुटाइएको ११ अर्ब डलर ओपनएआईले सुरुमा लक्ष्य राखेको ३० अर्ब डलरसम्मको लगानीको एउटा हिस्सा मात्र हो। साथै, कम्पनीको मूल्यांकन सुरुमा लक्ष्य राखिएको १.५ ट्रिलियन डलरबाट घटेर १.२५ ट्रिलियन डलरमा पुगेको दुई लगानीकर्ताले बताएका छन्। लगानीकर्ताका अनुसार सफ्टबैंक र एमजीएक्सले पनि यस लगानीमा सहभागिता जनाएका छन्। ब्लुमबर्ग न्युजले यसअघि शुक्रबार नै ओपनएआईको नयाँ लगानीबारे समाचार प्रकाशित गरेको थियो। रोयटर्सका अनुसार पछिल्लो एक महिनामा एआई कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण केही घटेको छ। केही लगानीकर्ताले प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकको प्रस्तावित प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि करिब १.५ ट्रिलियन डलर मूल्यांकन गरेका छन्। यो यसअघि अनुमान गरिएको करिब २ ट्रिलियन डलरभन्दा कम हो। The post ओपनएआईले जुटायो ११ अर्ब डलरको लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर appeared first on Technology Khabar.
ओपनएआईले जुटायो ११ अर्ब डलरको लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






